शनिबार, साउन १६, २०८३

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- मोटरसाइकल दुर्घटनामा बुधबार साँझ जनकपुरमा एक युवकको घटनास्थलमै ज्यान गएको छ। दुर्घटनामा परि धनुषाको धनौजी गाउँपालिका बहुअर्वा बस्ने ३५ वर्षीय समिन अन्सारीको ज्यान गएको हो।

ज ११ प ५०७७ नम्बरको मोटरसाइल चढी मुरली चोकबाट एयरपोर्टतर्फ गइरहेको अवस्थामा विपरित दिशाबाट आइरहेको ज १ त ७३११ नम्बरको ट्रयाक्टरले ठोक्कर दिएपछि कुवा बजार नजिक दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ।

ठोक्कर दिने ट्रयाक्टरका चालक फरार भएका छन् भने ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। समिनको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।