शनिबार, साउन १६, २०८३

मुसहर समुदायको लागि एक करोडमा नमूना बस्ती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वीरगंज- वीरगंज महानगरपालिका- २२ स्थित मुसहर बस्तीमा नमूना बस्ती निर्माण हुने भएको छ।

पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद प्रदीप यादवले बुधबार बस्तीको शिलान्याश गरेका हुन्‌। ४२ घर परिवारको लागी एक करोड रुपैयाँको लगानीमा पक्की घर सहितको बस्ती निर्माण गर्न लागिएको हो।

वर्षौदेखि अस्थायी घरमा बस्दै आएका मुसहर परिवारले अब पक्की घर पाउने भएका छन्, सांसद प्रदीप यादवले भने, आफ्नो निर्वाचन क्षेत्रमा कोही पनि घरबारविहीन नरहुन् भन्ने मेरो सोंच छ। 

उनले‌ दोश्रो चरणमा नगवा र बेल्वाका मुसहर परिवारको लागी समेत नमूना बस्ती निर्माण गर्ने  प्रतिबद्धता व्यक्त गरे। नमूना वस्तीमा नर्सरीदेखि कक्षा १ सम्मको विद्यालय भवन समेत निर्माण गर्ने  तयारी छ।

नमूना मुसहरबस्ती निर्माणका लागि सांसद यादवको निर्वाचन क्षेत्र स्थानीय पूर्वाधार कोषबाट ७० लाख रुपैयाँ र वीरगन्ज महानगपालिकाबाट ३० लाख रुपैयाँ विनियोजन गरिएको छ। 

आगामी दुई महिनाभित्र निर्माण कार्य सम्पन्न गरेर बस्ती हस्तान्तरण गर्ने योजना रहेको वीरगंज महानगरपालिका कार्यालयले जानकारी दिएको छ ।

नमूना बस्तीमा‌ प्रत्येक परिवारको लागी १-१ वटा एक सय वर्ग फुटको पक्की कोठा र २८ वर्ग फुटको शौचालय निर्माण गरिने इन्जिनियर राजेश कुमारले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।