शनिबार, साउन १६, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज फागुन १ गते कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी। 

बुढासुब्बामा बाँधिएको माया

सेन्ट भ्यालेन्टाइनले प्रेमका लागि काम गरेर उनको नाममा हरेक फेब्रुअरी १४ मा प्रेम दिवस मनाइन्छ। तर प्रेमसँग नजोडिएर पनि धरानको ‘प्रेमको मन्दिर’ बुढासुब्बा पुग्न फेब्रुअरी १४ नै कुर्नु पर्दैन। हरेर दिन यहाँ प्रेमका पुजारीहरू आउँछन्। टुप्पोबिनाका बाँसका काण्डमा नाम खोप्छन्। 

अझै सशस्त्र विद्रोहको ‘ह्याङ्ओभर’ मा प्रचण्ड

दशक लामो सशस्त्र विद्रोहका माध्यमबाट सरकारसम्मको यात्रा तय गरे। माओवादीलाई एमाओवादी बनाए। एमाओवादीलाई नेकपा एमालेसँग मिलाएर नेकपा बनाए।

ढुंगाना परिवारको त्यो कालो दिन, सम्झिँदा भक्कानो छुट्छ

अछामको मंगलसेन-५ का काशीराम ढुंगानालाई तीन छोराछोरी गुमाउने गरी १८ वर्षअघि भएको घटना भर्खरैजस्तो लाग्छ । जब फागुन १ गते आउँछ, ढुंगाना परिवारमा झन्झन् पीडा बल्झिँदै जान्छ।

कमिसनको चक्करमा जानकी आँखा अस्पताल

जनकपुरको जानकी आँखा अस्पतालमा विगत केहि दिनयता जारी विवाद बल्झिँदै गएको छ। अस्पतालमा कार्यरत कर्मचारीहरुले अवकाश पाइसकेका कर्मचारीलाई विदाइ गर्नुपर्ने भन्दै आन्दोलन गर्दै आइरहेका छन्।

जनयुद्ध दिवसमा गएनन् ओली, प्रचण्डले गरे मदनको तारिफ

जनयुद्ध दिवस मनाउन नेकपाले बुधबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन्। पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित सो कार्यक्रममा प्रधानमन्त्री ओलीको अनुपस्थिति रहस्यपूर्ण रहेको एक नेताले बताए।

भारतीय लोकसभा चुनाव : यी हुन् तीन हेभिवेट नेतृ 

आगामी अप्रिल र मे महिनामा भारतमा १७औँ आमनिर्वाचन अर्थात् लोकसभा चुनाव हुँदैछ । यो चुनावलाई हिन्दु राष्ट्रियता पक्षधर सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) वा प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय कांग्रेसको जनमत संग्रह पनि मान्न सकिन्छ।

माधव नेपालले भने- 'सरकारले जनताको भावनाअनुसार काम गर्नै सकेन’

पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारलाई फेरी कटाक्ष गरेका छन् । सरकार विधिको शासनअनुसार चल्न नसकेको भन्दै नेता नेपालले सरकारको आलोचना गरेका हुन्। 

जब मन्त्री बास्कोटाले दमाह बजाए...

आज विश्व रेडियो दिवश। दिवशकै अवसरपारी स्थापना भएको सामुदायिक रेडियोहरुको साझा संस्था सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) को जन्मदिन पनि। जन्मिएको १४ औं वार्षिकी एवम् राष्ट्रिय सम्मेलनमा देशभरका रेडियोकर्मीहरु सुर्खेत जम्मा भएका छन्।

रुपन्देहीका पत्रकारले गरे भत्ता नलिने घोषणा

नेपाल पत्रकार महासंघ रुपन्देही शाखामा आबद्ध पत्रकारले कुनैपनि संघसंस्थाबाट भत्ता नलिने भएका छन्। महासंघको साधरणसभाले भत्ताले पत्रकारिता क्षेत्रमा विकृति भित्र्याएको निश्कर्ष निकाल्दै अब उप्रान्त कसैले पनि भत्ता नलिनेगरी सामूहिक निर्णय गरेका हुन्।

शान्ति सुरक्षा चुस्‍त बनाउन प्रहरीलाई ‘मोटरसाइकल’

वीरेन्द्रनगर नगरपालिका-३ वडाको शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई मोटरसाइकल उपलब्ध गराएको छ। वडामा कुनै किसिमको अपराध हुन नदिन र घटनास्थलमा प्रहरीलाई पुग्न सहजहोस् भन्ने उद्देश्यले वडाले प्रहरीलाई मोटरसाइक उपलब्ध गराएको हो।

चितुवाको छालासहित नेपालगन्जमा दुई जना पक्राउ

चितुवाको छाला सहित नेपालगन्जमा दुई जना पक्राउ परेका छन्। प्रदेश प्रहरी कार्यलय दाङका अनुसार पक्राउ पर्नेमा रोल्पाका २ जना व्यक्ति रहेका छन्।

व्यापारी धम्क्याउँदै फिरौती माग्ने युवक पक्राउ

बाराको  जितपुर सिमरा उप-महानगरपालिका वडा नं १७ जैतापुरमा पार्किङ गरिएको ट्रयाक्टरमा आगजनी गरेर व्यापारीसँग फिरौती मागेको आरोपमा प्रहरीले स्थानीय एक युवकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले गोली हानेर अभियुक्त समात्यो

कैलाली जिल्ला अदालत परिसरबाट मंगलबार फरार एक अभियुक्तलाई प्रहरीले गोली हानी समातेको छ। जबरजस्ती करणी मुद्दाका अभियुक्त कैलालीकै लम्की दिल्प दमाईलाई धनगढी–७ बेलीको जंगलबाट प्रहरीले बुधबार बिहान पक्राउ गरेको जनाएको छ।

जनकपुर नगर क्षेत्रमै डकैती, दुई घाइते

प्रहरीको सुरक्षा व्यवस्थालाई चुनौती दिँदै डाँकाहरुको एक समूहले जनकपुर नगर क्षेत्रभित्रै लाखौंको डकैती गरेको छ। जनकपुरधाम उपमहानगरपालिका-१३ पिडाडीस्थित कवर्डहल नजिकै सोभित राउतको घरमा मंगलबार राती करिब एकबजे डकैती भएको हो।

कमल थापाको प्रश्न- जनयुद्धबाट जनताले के पाए ? 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनयुद्धका विषयमा गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले तत्कालीन माओवादीले शुरु गरेको शसस्त्र युद्धबाट देश र जनताले के पायो भन्ने भन्दै तिखो टिप्पणी गरेका छन्। 

विद्यार्थीले ठप्प पारे विपी राजमार्ग, दुई छात्रा घाइते

विपी राजमार्गअन्तर्गत सिन्धुलीखण्डमा विद्यार्थीले राजमार्गमा सवारी आवागमन ठप्प पारेका छन्। बुधबार बिहान पढ्न हिँडेका विद्यार्थीलाई टाटासुमोले ठक्कर दिई फरार भएको भन्दै विद्यार्थीले राजमार्ग ठप्प पारेका हुन्। 

करनको घातक बलिङमा विराटनगरको पहिलो जित, धनगढीको तेस्रो हार

कप्तानी करन केसी र अभिनास यादवको घातक बलिङको मद्दतले विराटनगर किङ्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)मा पहिलो जित निकालेको छ। आफ्नो पहिलो खेल गुमाएको विराटनगरले दोस्रो खेलमा धनगढी स्टार्सलाई २१ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।