सुर्खेत- आज विश्व रेडियो दिवश। दिवशकै अवसरपारी स्थापना भएको सामुदायिक रेडियोहरुको साझा संस्था सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) को जन्मदिन पनि। जन्मिएको १४ औं वार्षिकी एवम् राष्ट्रिय सम्मेलनमा देशभरका रेडियोकर्मीहरु सुर्खेत जम्मा भएका छन्।
यही अवसरमा रेडियोर्कीहरुको सुर्खेतमा भव्य समारोह थियो। कार्यक्रमका प्रमुख अतिथि थिए सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा। देशभरका ३ सय ५० बढी रेडियोकर्मीहरुले खचाखच भरीको सभाहलमा जब मन्त्री बास्कोटले प्रवेश गरे। अनि सुरुभयो उद्घाटन सत्र। सञ्चालकले मन्त्रीलाई कार्यक्रमको उद्घाटन गर्न जव आव्हान गरे अनि हातमा ‘गज’ दमाह बजाए अनि कार्यक्रमको उद्घाटन भयो।
११ पटकसम्म ‘जग’ले दमाह बजाएका मन्त्री बास्कोटाले पत्रकारलाई न्यूनतम पारिश्रमिक अनिवार्य लागु गर्ने बताए। समानुपातिक विज्ञापन नीति र सामुदायिक रेडियोको नवीकरण शुल्क घटाउन सकिने गरी सरकारले ‘मिडिया काउन्सिल विधेयक’ ल्याउने थालेको जानकारी दिँदै समाज रुमान्तरमा लाग्न रेडियोकर्मीहरुलाई सुझाव दिए। सञ्चार माध्यमले नाफामात्रै नभई राष्ट्र र नागरिकको हितमा हुनेगरी काम गर्नुपर्ने उनको धारणा थियो।
कार्यक्रममा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश स्रोत र साधन पर्याप्त भएर पनि उपयोगमा ल्याउन नसक्दा सवैको मनमस्तिष्कमा गरीव भएको उल्लेख गरे । कर्णालीको विकास र समृद्धिका लागि सामुदायिक रेडियोहरुको महत्वपूर्ण भूमिका भन्दै रेडियोहरुले सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिए।
दुई दिनसम्म चल्ने सम्मेलनमा सामुदायिक रेडियोले हासिल गरेको उपलब्धि एवम कर्णाली क्षेत्रका चुनौतीका साथै भविष्यमा सामुदायिक रेडियोहरुको अवस्था कस्तो रहने भन्ने विषयमा गहण छलफल हुने आयोजकले जनाएको छ। पछिल्लो समय बनेका सामुदायिक रेडियोहरुको बिरोध नीति, नियम र कानुनहरुको विरोध गर्दै आगामी रणनीतिहरु समेतय गर्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४