शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधव नेपालले भने- 'सरकारले जनताको भावनाअनुसार काम गर्नै सकेन’

माधव नेपालले भने- 'सरकारले जनताको भावनाअनुसार काम गर्नै सकेन’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारलाई फेरी कटाक्ष गरेका छन् । सरकार विधिको शासनअनुसार चल्न नसकेको भन्दै नेता नेपालले सरकारको आलोचना गरेका हुन्।

जनकपुर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता नेपालले एक वर्ष पुरा गरिसकेको सरकारले स्वयं मूल्यांकन गर्ने बेला आइसकेको बताए। ‘सरकारको काम कारबाहीबाट जनता खुशी देखिएका छैनन्,’ नेपालले भने,‘सरकारले आफ्नो कामकाजको समीक्षा गर्नु जरुरी अछि।’

पार्टी सञ्चालनको प्रक्रियाप्रति समेत नेता नेपाल असन्तुष्ट देखिएका छन् । ‘पार्टी नीतिको हिसाबले चल्नुपर्ने हुन्छ,’ नेपालले भने,‘ तर पार्टी व्यक्तिको हिसाबले चलेको छ।’ ‘पार्टीलाई व्यक्तिले चलाइ रहेका छन्,’ नेपालले भने,‘’कम्युनिस्ट प्रणालीमा देउता मानिँदैन। कसैले आफूलाई देउता नठाने हुन्छ।’

दुई पार्टीको एकतामा भइरहेको ढिलाइका कारण कार्यसम्पादनसमेत प्रभावित भएको उनको भनाइ थियो । कार्यसम्पादनलाई तिव्रता दिन यथाशीघ्र एकता प्रक्रिया टुंग्याउन नेपालले नेतृत्वलाई सुझाव दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।