शनिबार, साउन १६, २०८३

शान्ति सुरक्षा चुस्‍त बनाउन प्रहरीलाई ‘मोटरसाइकल’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- वीरेन्द्रनगर नगरपालिका-३ वडाको शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई मोटरसाइकल उपलब्ध गराएको छ। 

वडामा कुनै किसिमको अपराध हुन नदिन र घटनास्थलमा प्रहरीलाई पुग्न सहजहोस् भन्ने उद्देश्यले वडाले प्रहरीलाई मोटरसाइक उपलब्ध गराएको हो।

मोटरसाइकलसँगै वडाले एउटा मोवाइल र सिमकार्ड समेत उपलब्ध गराएको छ। उक्त मोवाइलमा राखिएको सिमकार्डमा नगरवासीले मात्रै सम्पर्क मिल्ने छ। पछिल्लो समय बढ्दो शहरीकरणसँगै अपराधका घटनाहरु बढ्न थालेपछि वडा कार्यालयले यस्तो जुक्ति निकालेको हो। 

अध्यक्ष भूपेन्द्रबहादुर खत्रीका अनुसार शान्ति सुरक्षालाई थप मजबूत बनाउन प्रहरीलाई मोटरसाइकल, मोवाइल र सिमकार्ड वितरण गरिएको जानकारी दिए। वडाले अवदेखि मोटरसाइकलका लागि मासिक ३० लिटर पेट्रोल र तीन सय रुपैयाँको रिचार्जकार्ड समेत उपलब्ध गराउने जनाएको छ। 

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त सामग्री उपलब्ध गराइएको हो। भौगोलिक रुपमा ठूलो र जनसंख्या धेरै भएकाले अपराध भएको ठाउँमा तत्काल प्रहरीको उपस्थिती जनाउनका मोटरसाइकल लाभदायी हुने आशा गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वशन्त रजौरेले अपराध नियन्त्रण र रोकथामका लागि वडा कार्यालयको सहयोग महत्वपूर्ण भएको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।