शनिबार, साउन १६, २०८३

'देशमा भ्रष्टाचार र अपराधले शिर झुक्ने अवस्था छ' 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अपराध र भ्रष्टाचारले शीर झुक्ने अवस्था भएको बताएका छन्। 

बुधबार राजधानीमा आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रमको औपारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। विद्धवान पुर्खा भएको देश आज भ्रष्टचारमा कहा छ? अपराधमा कहाँ छ? शिर झक्ने अवस्था छ ’, प्रधानमन्त्रीले भने। 

संघीय लोकतान्त्रिक गणतन्त्र सर्बोत्तम प्रणाली भनेर ल्याएका हौ , गरिबीबाट माथि उठेको, भ्रष्टाचारबाट मुक्त र अपराध नभएको मुलुक बनाउन सक्नुपर्छ ओलीले भने। उनले नेपालको सीमा भित्र  गरगहना हराउन नसक्ने बनाउनु पर्नेमा जोड दिए। देशलाई सभ्य नैतिवान र शान्त बनाउनु पर्ने उनले बताए। 

 'हामी कुनै देशविरुद्ध कार्ड खेल्दैनौं'

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरु कुनै देशको विरुद्ध कार्ड नखेल्ने बताएका छन्। ‘हामी कुनै  छिमेकी मित्र राष्ट्रका विरुद्ध हामी कार्ड खेल्दैनौ। हाम्रो कोही शत्रु छैनन्। सबै मित्रै मित्र छन्। 

कुनै देशमा बाह्या हस्ताक्षेप बान्छनीय होइन। छिमेकीसँग वा अन्तराष्टिय मित्र संग असमझदारी बढाउछु भन्ने त्या असफल प्रयास हो’, प्रधानमन्त्रीले भने।

समाजमा भ्रम फैलाउने कुरा लोकतन्त्रको पक्षमा छैनन्। त्यो बाटोमा जानु हुदैन। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।