शुक्रबार, साउन १५, २०८३

जनयुद्ध दिवसमा गएनन् ओली, प्रचण्डले गरे मदनको तारिफ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- जनयुद्ध दिवस मनाउन नेकपाले बुधबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन् ।

पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित सो कार्यक्रममा प्रधानमन्त्री ओलीको अनुपस्थिति रहस्यपूर्ण रहेको एक नेताले बताए। प्रधानमन्त्री ओली कार्यक्रममा नगएर अध्यक्षद्वयबीच रहेको खटपट सतहमा प्रकट भएको हुन सक्ने ती नेताले बताए।कार्यक्रममा तत्‍कालीन एमालेका कोही पनि शीर्ष नेताहरू कोही पनि सहभागी थिएनन्। पूर्व एमालेको तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरु मात्रै उपस्थित थिए।

कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री आउने निर्धारित कार्यक्रम रहे भए पनि नआउने जानकारी गराए । 'प्रधानमन्त्री आउने कुरा थियो, सरकार गठन भएको एक वर्षको चापले गर्दा उहाँ आउन भ्याउनु भएन', प्रचण्डले भने। उनले दुवैको समझदारीले प्रधानमन्त्री कार्यक्रममा नआएको स्पष्टोक्ति दिए।

अध्यक्ष प्रचण्डले मदन भण्डारीको निकै तारिफ गरे। 'भण्डारीले एउटा धार अगाडि बढाउनुभयो। हामीले अर्को धार अगाडि बढायौं । अहिले हामी दुवै एक धारमा छौं, यसका लागि म मदन भण्डारीलाई सम्मान गर्छु', प्रचण्डले भने ।

प्रचण्डले वैचारिक राजनीतिक रूपमा नयाँ चरण अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे। उनले फागुन १ को कार्यक्रमले अलगअलग भावनामा अगाडि बढेको जनता र नेताकार्यकर्तालाई एक ठाउँमा ल्याउने काम गरेको बताए। । अध्यक्ष प्रचण्डले नेकपा शान्तिपूर्ण रुपले समाजवाद ल्याउने काममा लागेको बताए। उनले क्रान्ति र प्रतिक्रान्तिका अनुभवबाट सिकेर अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिए।

उनले नेपालको राजनीतिक परिवर्तनलाई संसारले आश्चर्यपूर्ण तारिकाले हेरिरहेको बताए। 'हामीले जे गरेका छौं, संसारका सबै शक्तिले नेपालमा के हुँदैछ भनेर कान खोलेर आँखा खोलेर हेर्नुपर्ने अवस्था आएको छ', उनले भने। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।