धनगढी- कैलाली जिल्ला अदालत परिसरबाट मंगलबार फरार एक अभियुक्तलाई प्रहरीले गोली हानी समातेको छ ।
जबरजस्ती करणी मुद्दाका अभियुक्त कैलालीकै लम्की दिल्प दमाईलाई धनगढी–७ बेलीको जंगलबाट प्रहरीले बुधबार बिहान पक्राउ गरेको जनाएको छ । जिल्ला अदालत परिसरबाट हतकडीसहित फरार भएका नेपालीलाई भाग्न खोज्ने क्रममा गोली हानेर नियन्त्रणमा लिएको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हरी ओलीले जानकारी दिए ।
प्रहरीलाई देखेपछि भाग्न खोज्दा खुट्टामा गोली हानेर नियन्त्रणमा लिएको उनले जानकारी दिए । नेपालीको सेती अंचल अस्पतालमा उपचार भैरहेको छ । कैलाली प्रहरी प्रमुख आभुषण तिमिल्सिनाले घट्नाबारे अनुसन्धान भैरहेको जनाए । ईलाका प्रहरी कार्यालय लम्कीमा थुनामा रहेका नेपालीलाई म्याद थपका लागि धनगढी ल्याइएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४