शुक्रबार, साउन १५, २०८३

कमल थापाको प्रश्न- जनयुद्धबाट जनताले के पाए ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनयुद्धका विषयमा गम्भीर प्रश्न उठाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले तत्कालीन माओवादीले शुरु गरेको शसस्त्र युद्धबाट देश र जनताले के पायो भन्ने भन्दै तिखो टिप्पणी गरेका छन् । 

उनले जनयुद्धका कारण हिन्दुराष्ट्रको पहिचान समाप्त पारेको, राजसंस्था पाखा लगाएको र संघीयता लादेको भन्दै आलोचना गरेका छन् । माओवादीले गरेको गल्तीका कारण देशले भोग्नु गरेको समस्याबाट मुलुकलाई छुटकारा दिनु पर्ने उनको भनाइ छ । 

उनले ट्विट गर्दै भनेका छन्- ,‘‘२३ वर्षअघि माओवादीले राज्यविरुद्ध हिंसा र आतंकको जगमा शुरु गरेको सशस्त्र युद्धको क्रममा १७००० मार्ने र मराउने काम भयो । अर्बौँको सम्पत्ति नष्ट भए । हिन्दुराष्ट्रको पहिचान समाप्त पारियो । राजसंस्था पाखा लगाईयो । संघीयता लादियो । आखिर देश र जनताले के पायो ? अब विगतका त्रुटि सच्याएर अघि बढ्ने बेला भएन र ?’’

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।