सोमबार, फागुन १८, २०८२

प्रदेश २ प्रमुख हरिशंकर मिश्रले लिए शपथ

नवनियुक्त प्रदेश २ प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले मिश्रलाई शपथग्रहण गराएकी हुन्।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

काठमाडौं- नवनियुक्त प्रदेश २ प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले मिश्रलाई शपथग्रहण गराएकी हुन्। 

सोमबारको मन्त्रिपरिषद् बैठकले प्रदेश २ प्रमुखमा मिश्रलाई सिफारिस गरेको थियो। सिफारिसअनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम हरिशंकर मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन्। 

महोत्तरीको पिपरा गाउँपालिका पिपरा बस्ने उनी नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन्। मिश्र नेपाली कांग्रेसबाट सांसदमा समेत निर्वाचित भएका थिए।

केपी शर्मा ओली नेतृत्वको सरकारले तिलक परियारलाई बर्खास्त गरेर राजेश झा अहिराजलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो। शेरबहादुर देउवा सरकारले झालाई हटाएर मिश्रलाई सिफारिस गरेको हो।


kumari

प्रदेश २ प्रमुख मिश्र।


प्रकाशित: Aug 17, 2021| 17:38 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।