शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विद्यार्थीले ठप्प पारे विपी राजमार्ग, दुई छात्रा घाइते

विद्यार्थीले ठप्प पारे विपी राजमार्ग, दुई छात्रा घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सिन्धुली- विपी राजमार्गअन्तर्गत सिन्धुलीखण्डमा विद्यार्थीले राजमार्गमा सवारी आवागमन ठप्प पारेका छन् । बुधबार बिहान पढ्न हिँडेका विद्यार्थीलाई टाटासुमोले ठक्कर दिई फरार भएको भन्दै विद्यार्थीले राजमार्ग ठप्प पारेका हुन् । 

बिहान सिन्धुली बहुमुखी क्याम्पस पढ्न जाँदै गरेको समयमा कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा सुमोले ठक्कर दिँदा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत रोजिना कार्की र मनिता थापा घाइते भएका छन् । 

घाइतेमध्ये रोजिनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौँ पठाइएको र मनिताको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । विद्यार्थीले दोषीलाई कारवाही, विद्यार्थीको उपचारको माग गर्दै सडकमा उत्रिएर राजमार्ग अबरुद्ध पारेका छन् । 

विद्यार्थीलाई ठक्कर दिएर फरार रहेको बा३च ६७५१ नंको सुमोलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । सुमो र सुमो चालकलाई सिन्धुलीमाढीबाट काठमाडौँतर्फ जाँदै गर्दा सिन्धुलीगढी नजिकबाट नियन्त्रणमा लिएको र आवश्यक कारवाही गरिनेसमेत उनले बताए ।  

काठमाडौंबाट तराईका जिल्ला तथा तराईका जिल्लाबाट काठमाडौँ हिँडेका सवारी सिन्धुलीमै रोकिएका छन् । विद्यार्थीले राजमार्ग अवरुद्ध पारेकाले सवारीसाधनलाई गन्तव्यतर्फ वैकल्पिक मार्गबाट पठाउने तयारी गरिरहेको प्रहरी उपरीक्षक सिंहले बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।