शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको बैठक आज पनि बस्दै, नेविसंघका पुराना निर्णय बदर

कांग्रेसको बैठक आज पनि बस्दै, नेविसंघका पुराना निर्णय बदर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- एक साता भन्दा लामो समयदेखि चल्दै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार (आज) पनि बस्दैछ । महासमितिले पारित गरेको प्रतिवेदनमाथि छलफल चल्दै आएको बैठकमा आजपनि त्यसले निरन्तरता पाउने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

कांग्रेसमा केन्द्रीय पदाधिकारी र सदस्य पार्टीको वडा समितिबाटै निर्वाचित हुनुपर्ने विषयमा बहस जारी छ । गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म भएको पार्टीको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कार्यसमितिले सुझाव समेटेर परिमार्जन गर्न सक्ने गरी पारित गरेको थियो । 

महासमिति बैठकमा मुख्य गरी केन्द्रीय सदस्य पार्टीका वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटक मात्र हुने व्यवस्था विधानमा राख्न सुझाव आएको थियो । यस विषयमा पार्टीको बैठकमा पक्ष र विपक्षका दुवै धारणा आएका छन् । 

यस्तै कांग्रेसको मंगलबार (हिजो) बसेको बैठकले भ्रातृ संस्था नेपाल विद्यार्थी संघका पदाधिकारीले अघिल्लो मिति राखी गरिएका मनोनयनसम्बन्धी निर्णय बदर गरेको छ । 

संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिई स्वीकृत भइसकेको अवस्थामा विघटित कार्यसमितिबाट केही मनोनयन भएको जानकारीमा आएपछि पार्टीले पुराना निर्णयहरु बदर गर्ने निर्णय गरेको केन्द्रीय सदस्य एनपी साउँदले जानकारी दिए ।

संघको वर्तमान केन्द्रीय कार्यसमितिको यही माघ २ गते स्वतः म्याद समाप्त भएको थियो । कार्यसमितिको म्याद समाप्त भएपछि संघका अध्यक्ष महरले पार्टी नेतृत्वको निर्देशनअनुसार माघ २८ गते पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा सोही दिन स्वीकृत भएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।