शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजका अखबार : व्यापारी बन्दै सेना, जग्गा कारोबारमा सक्रिय

आजका अखबार : व्यापारी बन्दै सेना, जग्गा कारोबारमा सक्रिय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमडौं-  राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुलेृ विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् । 

एसइईका प्रश्नपत्र प्रदेशअनुसार फरक फरक शीर्षकमा एङ्कर न्यूज छापेको आजको नयाँ पत्रिकाले जग्गा प्लटिङ कारोबारमा सेना सक्रिय शीर्षकमा मुख्य समाचार छापेको छ । देशको भूमिरक्षा गर्ने दायित्व बोकेको राष्ट्रिय सेना इन्चीटेप बोकेर कित्ताकाट गर्दै घडेरी बेचबिखनमा लागेको समाचारमा उल्लेख छ । 

यतिखेर सेनाले इचंगुनारायणमा ४२ करोडको जग्गा खरिद गरी धमाधम प्लटिङ गरेर बिक्री–वितरणको अन्तिम तयारी गरिरहेको छ । उसले भक्तपुरको दुवाकोटमा एक सय २२ रोपनी र काठमाडौंको कीर्तिपुरमा दुई सय २६ रोपनी जग्गा खरिद गरी प्लटिङ गरेको छ । त्यस्तै, प्लटिङ गरेर सुनसरीको इटहरीमा ११ सय ८, पोखराको फूलबारीमा ७२, पोखराकै राधाकृष्ण टोलमा एक सय ५१ र चितवनको पिठुवामा दुई सय ८९ घडेरी सेनाले बिक्री गरिसकेको छ । 

प्लटिङ गरेर तयार पारिएका घडेरी बहालवाला, अवकाशप्राप्त तथा लडाइँमा मृत्यु भएका सैनिक परिवारलाई एकमुष्ठ भुक्तानी वा किस्ताबन्दीमा सेनाले बेच्दै आएको छ । पार्टी प्यालेस, पेट्रोलपम्प, सडक ठेक्का र जग्गा प्लटिङमा अनुभवी सेना अब सपिङ कम्प्लेक्स बनाएर भाडामा दिने तयारीमा लागेको छ । व्यापारी जस्तो बन्दै गएको सेनाले सुन्दरीजलको पानी उद्योगमा पनि लगानी गरेको नयाँ पत्रिकाले लेखेको छ ।

यो विषय बाहेक नयँ पत्रिकाले ल क्याम्पस चलाउने भन्दै वकिलबाटै सर्वोच्चका पूर्वन्यायाधीश ठगिएको र भारतले नेपालको नारायणी नदीसम्म पानीजहाज आउने जलमार्ग निर्माण गर्न सुरु गरेको विषयलाई पनि महत्वका साथ छापेको छ । 

आजको कान्तिपुर दैनिकले भने पीडितलाई निराश नपार्न अन्तर्राष्ट्रिय समुदायको आग्रह शीर्षकमा मुख्य समाचार छापेको छ ।

मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संगठनहरुले संक्रमणकालीन न्यायको त्रुटिपूर्ण प्रक्रिया सच्याउन आग्रह गरेको छ । संक्रमणकालीन न्यायलाई पहिले जसरी अघि नबढाउन आग्रह गरेको समाचारमा उल्लेख छ । यस्तै कान्तिपुरले उपशीर्षक दिएर जनयुद्धको सम्झना तत्कालिन एमालेको पार्टी कार्यालय धुम्बाराहीमा गर्न लागिएको पनि खबर लेखेको  छ ।

सुन तस्करी काण्डमा थप दुई जना न्यायाधीश तानिएको विषयलाई पनि कान्तिपुरले प्राथमिकताका साथ छापेको छ । उच्च अदालत विराटनगरका न्यायाधीश जनक पाण्डे र साधुराम सापकोटालाई न्यायपरिषद्ले सचिवालयमा झिकाएको छ ।

नागरिक दैनिकले भने  सुपर कम्प्युटरले काम पाएन शीर्षकमा मुख्य समाचार छापेको छ । करोड भन्दा धेरै मूल्य पर्ने सुपर कम्प्युटरले सामान्य खालका २ हजार कम्युटरले भन्दा बढि काम गर्ने क्षमता राख्छ । तर, यो कामविहिन भएर थन्किएर समाचारमा उल्लेख छ ।

यस्तै नागरिक दैनिकले नेपाल प्रहरीले मापदण्डविपरीत तथा सुरक्षा चुनौती नभएका नेता र आफ्नै संगठनका पूर्वअधिकारीको सुरक्षार्थ खटिएका अंगरक्षकलाई फिर्ता बोलाएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ। विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिविपरीत खटिएका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएर नियमित ड्युटीमा खटाएको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार राजनीतिक दलका नेता तथा पूर्व प्रहरी अधिकारीहरूको सुरक्षामा मापदण्डविपरीत खटिएका अंगरक्षकहरुलाई फिर्ता बोलाइएको हो। यस्ता दुई सय ८० जना प्रहरीलाई नियमित ड्युटीमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

जसजसका लागि अंगरक्षक खटाइएको छ, उनीहरूलाई सुरक्षा थ्रेट नदेखिएकाले २०७५ जेठदेखि नेता र पूर्व प्रहरी अधिकारीहरुको सुरक्षामा खटिएका अंगरक्षकलाई फिर्ता बोलाउन सुरु गरिएको हो । अहिलेसम्म दुई सय ८० जना फिर्ता बोलाएको समाचारमा उल्लेख छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।