एजेन्सी- स्टार खेलाडी विना मैदा उत्रेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियनस लिग अन्तरर्गत प्रि-क्वाटरफाइनलको पहिलो लेगमा विजयी भएको छ । मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गर्दै पिएसजी विजयी भएको हो ।
युनाइटेडको घरेलु मैदान भएको खेलमा पिएसजीको जितका लागि प्रेस्नेल किम्पेम्बे र केलियन एमबाप्पेले गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् ।

खेलको ५३ औं मिनेटमा प्रेस्नेल किम्पेम्बेले हेडरमार्फत गोल गर्दै पाहुना टोली पिएसजीलाई सुरुवाती अग्रता दिलाए । उनले एन्जल डि मारियाको कर्नरमा सापमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका हुन् ।
६० औं मिनेटमा पनि डि मारियाकै क्रसमा एमबाप्पेले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । त्यसपछी दुबै टोलीबाट कुनै गोल हुन नसक्दा पहिलो लेग पिएसजीले २-० ले विजयी भयो । खेलको अन्तिम समयमा युनाइटेड १० खेलाडीमा सिमित हुन पुग्यो ।
दोहोरो पहेंलो कार्ड पाएपछि पोग्बा मैदान छाड्न बाध्य भए । उनले अब दोस्रो लेगको खेल पनि गुमाउनेछन् ।दोस्रो लेग मार्चको पहिलो सातामा पीएसजीको घरेलु मैदानमा हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४