काठमाडौं- भारतलाई पराजित गर्दै ऐतिहासिक सफलता हात पारेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज (बुधबार) इरानको सामना गर्दै छ । भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकपको तेस्रो खेलमा नेपाली टोलीले इरानको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार साँझ ४:१५ बजे सुरु हुने ।
प्रतियोगिताको फाइनल पुग्न नेपालले इरानालाई पराजित गर्नै पर्ने छ । बलियो टोली भारतलाई पराजित गर्दै हौसिएको नेपाली टोली इरानलाई पनि पराजित गर्दै प्रतियोगिताको फाइनल पुग्न चाहन्छ ।

नेपालले प्रतियोगिताका दुई खेल मध्यबाट एक खेलमा जित र एक खेलमा हार सहित दोस्रो स्थानमा छ । यता इरान भने दुईवटै खेलमा पराजित हुदै पुछारमा छ । नेपालले आजको खेलमा इरानलाई पराजित गरे ।
आजै हुने आर्को खेलमा शीर्ष स्थानको म्यानमारले भारतलाई पराजित वा बराबरी खेल्नु पर्ने छ । नेपालले आफ्नो पहिलो खेलमा म्यानमारसँग ३-० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भारतलाई २-१ ले पराजित गर्दै ऐतिहासिक सफलता हात पारेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४