काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ३२७४ जनामा कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १७६८९ जनामा परीक्षण गर्दा ३२७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसहित नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८ लाख १४ हजार १२७ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख छ। आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ। मन्त्रालयका अनुसार आज ३९ हजार ८७१ जना सक्रिय संक्रमित छन्। यस्तै पछिल्लो २४ घण्टामा एक हजार ९२९ जना संक्रमणमुक्त भएका छन्।