शुक्रबार, साउन १५, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज माघ २९ गते मंगलबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी। 

प्रचण्डले अमेरिकी राजदूतलाई भेटेपछि झन् चर्कियो भेनेजुएला प्रकरण

भेनेजुएला प्रकरणपछि चिसिएको नेकपाका अध्यक्ष प्रचण्ड र अमेरिकाका राजदूत रेन्डी बेरीबीचको सम्बन्ध यतिबेला झन् जटिल बनेको छ।

गाउँपालिकाको नक्‍सामा 'राजनीतिक काँटछाँट'

अछामको मेल्लेख गाउँपालिका उपाध्यक्ष धनबहादुर शाह हुन्। उनको घर वडा नम्बर ८ को हात्तीकोटमा हो। जहाँ ठकुरी जातिको जनसंख्या अन्य जातिको भन्दा आधा छ। 

राजीनामा दिने एसपी उप्रेतीलाई फसाउन यस्तो छ हेड क्‍वार्टरको डिजाइन

बढुवामा असन्तुष्टी जनाउँदै राजीनामा दिएका एसपी नरेन्द्र उप्रेतीलाई फसाउनका लागि  टुंगो लागिसकेको पुरानो प्रकरणलाई ब्यूँताउने प्रयास भएको छ। सेवाबाट अलग भएको घोषणा गरेका उप्रेतीलाई जति दबाब दिदा पनि राजीनामा फिर्ता लिन नमानेपछि उनलाई बनावटी अभियोग लगाएर फसाउने तयारी भइरहेको छ।

कर्मचारी सरुवा बढुवामा अब नयाँ नियम

अब स्नातक तह उत्तीर्ण नगरी बढुवाबाट अधिकृतस्तरमा पुग्न नसकिने नयाँ व्यवस्था गरिएको छ।

प्रहरीले नै कानुन उल्लंघन गरेपछि कारबाही कसले गर्ने?

नियमकानुन सबैलाई बराबर हुन्छ। ‘सानालाई ऐन, ठूलालाई चयन’ नेपालको प्रचलित उखान हो। यो प्रसिद्ध उखान सोमबार जनकपुरमा प्रमाणित भएको छ।

स्वास्थ्यमन्त्री यादवलाई जब आयो बुहारी निधनको खबर...

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव मंगलबार जनकपुरमै थिए। मन्त्री यादवको धनुषामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गर्ने कार्यक्रम थियो। दिनको एक बजेका लागि तय गरिएके कार्यक्रममा यादव झण्डै एक घण्टा ढिलो पुगेका थिए।

घुससहित पक्राउ परेका असई अख्तियारको फन्दाबाट फरार

महोत्तरीमा घुससहित पक्राउ परेका एकजना प्रहरी सहायक निरीक्षक (सई) अख्तियारको फन्दाबाट फरार भएका छन्। घुससहित पक्राउ परेका औरही प्रहरी चौकीमा कार्यरत असई रामनरेश साह अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयको टोलीको नियन्त्रणबाट फरार भएका हुन्।

म्याद थप्‍न लागेका अभियुक्त अदालतबाटै फरार

कैलाली जिल्ला अदालत परिसरबाट एक अभियुक्त फरार भएका छन्। जबरजस्ती करणी मुद्यामा कैलालीकै लम्की दिलिप दमाईलाई जिल्ला अदालत परिसरबाट हतकडीसहित फरार भएका हुन्। 

राप्रपाको हिन्दु राष्ट्र अभियान : १५ दिन सम्म साकाहारी भोजन

राप्रपाले फागुन १५ देखि ३० गतेसम्म सञ्चालन गर्ने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको तयारी तीब्र बनाएको छ।

जानकी आँखा अस्पतालमा नागरिक समाजको ताल्चा

जनकपुरको जानकी आँखा अस्पतालमा आँखाको उपचार गराउनेको घुइँचो हुन्छ। रेडक्रस सोसाइटीमार्फत सञ्चालन हुँदै आइरहेको जानकी आँखा अस्पतालमा नेपाल तथा भारतबाट ठूलो संख्यामा बिरामी आउने गरेका छन्।

नेपाली जोन्टी भिमले गरेको अविश्वासनीय क्याच (भिडियो)

नेपाली जोन्टीका नामले परिचित नेपाली राष्ट्रिय टोलीका सदस्य भिम सार्कीले अविश्वासनीय क्याच गरेका छन्। उनले तेस्रो संस्करणको जारी धनगढी प्रिमियर लिग (डिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा अविश्वासनीय क्याच गरेका हुन्।

नेपालमा कण्डम प्रयोग गर्ने जम्मा ८ प्रतिशत 

यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा न्यून प्रयोग हुने गरेको पाइएको छ। एचआइभी तथा यौनरोग सर्नबाट बचाउने, नचाहेको गर्भ नरहने, जन्मान्तर र परिवारको आकार सीमित गर्नका लागि भरपर्दो साधन भए पनि नेपालमा यसको प्रयोग कम देखिएको छ। 

रुपन्देहीको लगातार दोस्रो जित, विराटनगरको हार

रुपन्देही च्यालेन्जर्सले धनगढी प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ। आफ्नो दोस्रो खेलमा विराटनगर किङ्सलाई ५ विकेटले पराजित गर्दै रुपन्देहीले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो।

भारतले गर्‍यो तल्लो अरुण बनाउने प्रस्ताव

भारत सरकारले प्रस्तावित ४०० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ।

अमिताभलाई रेखाबाट यसरी खोसिन् जयाले

अमिताभ, रेखा र जयाको धेरैलाई थाहा नभएको एउटा पुरानो तर अनौठो रहस्य छ। जसको चर्चा गर्दा अहिले पनि धेरैलाई रोचक लाग्न सक्छ। सन् १९७७ को कुरा हो, रेखाले सिउँदोमा सिन्दुर भरेको र आमा बन्ने खबर मिडियामा दिएर अभिताभसँग सम्बन्ध रहेको प्रमाणित गर्न लागेकी थिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।