शुक्रबार, साउन १५, २०८३

स्वास्थ्यमन्त्री यादवलाई जब आयो बुहारी निधनको खबर...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव मंगलबार जनकपुरमै थिए। मन्त्री यादवको धनुषामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गर्ने कार्यक्रम थियो। दिनको एक बजेका लागि तय गरिएके कार्यक्रममा यादव झण्डै एक घण्टा ढिलो पुगेका थिए।

जनकपुरको मत्स्य तालिम केन्द्रको सभाहलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, जनकपुरका मेयर लालकिशोर साहलगायतका व्यक्तिहरु यादवलाई कुरेर बसिरहेका थिए।

उपप्रधान तथा स्वास्थ्यमन्त्री यादव सभाहलमे छिरे लगत्तै स्वास्थ्य बीमा बोर्डले आयोजना गरेका कार्यक्रमका उद्घोषकले कार्यक्रम आरम्भ गरे। उद्घोषकले प्रमुख अतिथिसहित ड्यासमा बसेका सबै अतिथिहरुलाई ब्याज लगाएर सम्मान गर्न भने।

त्यतिकैमा स्वास्थ्यमन्त्री यादवको फोनको घण्टी बज्यो। र, प्रमुख अतिथिको ब्जाजसमेत नलगाई हलबाट बाहिर निस्के। स्वास्थ्यमन्त्री यादव करिब १० मिनेटसम्म हल बाहिरै फोनमा कुरा गरिरहेका थिए। उनका सहयोगीहरु हतारहतारमा देखिन्थे। हलमा उपस्थित सहभागीहरु बीच कौतुहलता जागेको थियो, के भयो भनेर ?

हल बाहिर गएका उपप्रधान एवं स्वास्थ्यमन्त्री यादव पुनः हलभित्र प्रवेश गरेर आफ्नो सिटमा बसे। उनको मन भारी थियो। अनुहार उदास देखिन्थ्यो। सँगै बसेका मुख्यमन्त्री राउतसँग मन्त्री यादव खानेखुशी गर्दै थिए।

यादवलाई अस्पतालमा उपचारार्थ भर्ना भएकी २६ वर्षीया बुहारी मनिषा यादवको निधन भएको फोनमा खबर आएको रहेछ। कार्यक्रमको अन्तिम वक्ता रहेका उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवले जनकपुर बस्ने मन भएपनि जरुरी काम परेकोले काठमाण्डु फर्कनुपर्ने बताउँदै स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गरे। करिब १५ मिनेट कार्यक्रममा सम्बोधन गरेका यादवले यस दुखद घटनाबारे केहि बोलेनन्। र, तत्काल जहाज समातेर काठमाण्डौं फर्किए।

यादवकी बुहारी मनिषाको भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको छ। मनिषालाई हड्डीको क्यान्सर थियो। संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेको उपप्रधानमन्त्री यादवको छोरा अमरेन्द्रसँग उनको विहे भएको थियो।

बिहेको केहि दिनपछि नै बिरामी भएकी मनिषाको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। एम्समा करिब डेढ वर्षको उपचारपछि उनलाई आठ महिनाअघि नेपाल ल्याइएको थियो। 

घरमै रहने गरेकी मनिषालाई ६ दिनअघि भक्तपुरस्थि क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो। लामो समयदेखि बिरामी रहेकी मनिषाको मंगलबार दिउँसो निधन भक्तपुर अस्पतालमा उपचारको क्रममा निधन भएको छ। उनकी दुई वर्षके एक छोरी छिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।