शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दायित्व पूरा नगर्दा नेविसंघ अध्यक्षको राजीनामा : पौडेल 

दायित्व पूरा नगर्दा नेविसंघ अध्यक्षको राजीनामा : पौडेल 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

चितवन – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल विद्यार्थी संघको नेतृत्वले आफ्नो दायित्व पूरा गर्न नसकेकोले राजीनामा दिएको वताएका छन्। यही माघ १० गते नै समय अवधि सकिइसक्दा पनि  एउटा पनि प्रभावकारी काम गर्न नसेकेकोले राजीनामा दिएका र नैनसिंह महरको नेतृत्वमा गरिएका सबै सिफारिसको कुनै अर्थ नरहने उनले स्पष्ट पारे। 

मंगलबार चितवनको भरतपुर बिमानस्थलमा प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अव छिट्टै कांग्रेसको केन्द्रीय कमिटीले नेविसंघको नयाँ नेतृत्व चयन गर्ने जानकारी दिए। उनले नेविसंघको विधानमा कसैलाई तोकेर चिठ्ठीमार्फत चयन गर्ने परिपाटी नभएको र यसरी काटिने चिठ्ठीको कुनै अर्थ नहुने दावी गरे। 

नेता पौडेलले वर्तमान सरकार गतिहिन भएको आरोप लगाउँदै जनताको आशा निराशामा परिणत गरेको बताए। उनले सरकारको कुनै गति पनि नभएको र विधिमा पनि नचलेको आरोप लगाए। कांग्रेसले भर्खर मात्रै प्रतिपक्षको भूमिका निर्वाहा गर्न लागेको भन्दै उनले संसदमा भएका सदस्यहरुलाई खवरदारी गर्न निर्देशन समेत दिएको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।