शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजीनामा दिने एसपी उप्रेतीलाई फसाउन यस्तो छ हेड क्‍वार्टरको डिजाइन

राजीनामा दिने एसपी उप्रेतीलाई फसाउन यस्तो छ हेड क्‍वार्टरको डिजाइन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं–बढुवामा असन्तुष्टी जनाउँदै राजीनामा दिएका एसपी नरेन्द्र उप्रेतीलाई फसाउनका लागि  टुंगो लागिसकेको पुरानो प्रकरणलाई ब्यूँताउने प्रयास भएको छ। सेवाबाट अलग भएको घोषणा गरेका उप्रेतीलाई जति दबाब दिदा पनि राजीनामा फिर्ता लिन नमानेपछि उनलाई बनावटी अभियोग लगाएर फसाउने तयारी भइरहेको छ। झन्डै दुई वर्षअघिको सुपारी बरामद प्रकरणमा जबरजस्ती उनलाई मुछेर विवादित बनाउने डिजाइन रचिएको स्रोतले बतायो।

स्वभाविक बढुवाको सूचीमा  रहेका सिनियर प्रहरी अधिकृतलाई पन्छाएर केही कनिष्ठ तथा विवादित पात्रहरुलाई प्रहरी बढुवा पारेपछि विवादमा तानिएको प्रहरी मुख्यालय उप्रेतीको राजीनामा रोक्न यस्तो रणनीतिमा लागेको हो। मुख्यालयले उप्रेतीलाई राजीनामा फिर्ता लिन पटक–पटक आग्रह गरे पनि उनले फिर्ता लिन मानेका छैनन्। 

स्वच्छ छविका उप्रेतीको राजीनामाले प्रहरी अधिकृत वृत्तमा निराशा पैदा भएको र नेतृत्वमाथि पनि नैतिक दबाब परेपछि उनको राजीनामा जसरी पनि रोक्‍ने रणनीतिमा मुख्यालय लागेको छ। उत्कृष्ट प्रहरी अधिकृतको रुपमा पुरस्कृत भइसकेका उप्रेतीले पुरानो एउटा प्रकरण जबरजस्ती ब्यूँताएर विवादित बनाउने योजना रचिएको छ। गत वर्ष महानगरीय प्रहरी दिवसका दिन महाशाखामा रहेका एसपी नरेन्द्र उप्रेती र त्तकालिन ट्राफिक महाशाखाका प्रमुख हालका आइजीपी सर्वेन्द्र खनालसँगै पुरस्कृत गरि सम्मान गरिएको थियो। एसपी उप्रेती प्रहरी रत्न सेवा नेपाल प्रताप शुभोषण पदकबाट विभूशित भएका थिए।

एसएसपी बढुवामा चलखेल गरी बढुवाको स्वभाविक रोलक्रममा रहेका एसपी उप्रेतीलाई पछाडी पारिएको र कनिष्ठ तथा बिवादित पात्रहरुलाई बढुवामा पारेको भन्दै ब्यापक आलोचना भएपछि प्रहरी प्रधान कार्यालयले राजीनामा लिन आनाकानी गरेको हो। बाहिर सरकार र प्रहरी नेतृत्वको आलोचना भइरहेका बेला राजीनामा बुझ्दा थप नागरिक दवाव र अप्ठ्यारो समेत पर्नसक्ने अवस्था देखिएपछि रणनीतिक रुपमै तत्काल राजीनामा पत्र नबुझ्न प्रहरी मुख्यालयलाई निर्देशन दिइएको स्रोतले बतायो।

उप्रेतीलाई फसाउने बनाबटी सुपारी डिजाइन

०७३ मंसिर १ गते बाराको मतिअर्वा गाविस– ९ बाट बारा प्रहरीले सुपारी तस्करबाट २ सय २७ बोरा सुपारी कब्जा गरेको थियो। तस्करी गरिएको सुपारी भारततर्फ लैजादै गर्दा भारतीय सिमा मतिअर्वाबाट बारा प्रहरीको नेतृत्व गरेका उप्रेती सहितको टोलीले उक्त सुपारी बरामद गरेको थियो। तत्कालीन बारा प्रहरी प्रमुखमा थिए उनै एपी उप्रेती। 

स्रोतका अनुसार बरामद गरिएको उक्त सुपारी एसपी उप्रेती नेतृत्वको टोलीले आन्तरिक राजस्व कार्यालय पथलैयामा बुझाएको थियो। सो सुपारी अहिले पनि राजस्व कार्यालयको गोदाममा सुक्षित छ। एसपी उप्रेतीले बरामद गरेको सुपारी राजस्व कार्यालयमा बुझाएको मुचुल्काबाट समेत यो पुष्टि हुन्छ।

उप्रेती सुपारी तस्करीमा मुछिएका कारण एसएसपी बढुवामा पछाडी परेको विषयलाई यतिबेला मुख्यालयकै निर्देशनमा प्रायोजित रुपमै प्रचार गरिएको छ। बारा प्रहरीमा रहँदा तस्करी  तथा अपराधिक क्रियाकलाप नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रहरी संगठनले नै उप्रेतीलाई पुरस्कृत गदै थप ८ महिना बारा प्रहरी प्रमुखको जिम्मेवारी दिएको थियो। बारामा एउटा चलन छ, जिल्लामा खटिने सुरक्षाकर्मी, कर्मचारी प्रमुख सबैलाई स्वागत गरिन्छ। तर फर्किने बेलामा भने उत्कृष्ठ काम गरेकालाई मात्र बिदाई गर्ने चलन छ।बाराबाट उत्कृष्ठ कर्मचारीको रुपमा बिदाई पाउनेमा पूर्व प्रमुख जिल्ला अधिकारी कृष्णहरी पुष्कर, हालका आइजी सर्वेन्द्र खनाल र एसपी नरेन्द्र उप्रेती रहेका छन्।

बाराका स्थानीय नेता तथा नागरिक प्रतिनिधिहरु पनि उप्रेतीमाथि लगाइएको आरोप निराधार भएको बताउँछन्। बाराका नेकपा नेता रामबाबु यादवले उप्रेती जस्ता इमान्दार, सक्षम प्रहरी अफिसर माथि लागाइएको आरोप निराधार भएको बताए। उनले भने, ‘उहाँ प्रहरीकै एक इमान्दार अधिकारी हुनुहुन्थ्यो। बारमा रहँदा उहाँले जिल्लाको शान्ति सुरक्षा र अपराध अनुसन्धानमा महत्वपूर्ण भूमिका निभाउनु भएको थियो। जसको चर्चा अहिले पनि जिल्लामा हुने गरेको छ।’ ‘उहाँ जस्तो इमान्दर र सक्षम प्रहरी अधिकारीलाई झुटा आरोप  लगाउनु दर्भाग्य हो, उनले भने।

बाराका नेकपा नेता तथा पूर्व सभासद् जयराम दाहालले उप्रती जस्तो अब्बल र इमान्दार प्रहरी अफिसर बारामा कहिल्यै नआएको बताए। उनले भने, ‘सुपारी काण्डमा जसरी उहाँलाई मुछ्‌ने प्रयास भएको छ, त्यो सरासर गलत छ। त्यो काण्ड प्रहरीको माथिल्लो तहबाट भएको र बाराका एक डिएसीको संलग्नता देखिएपछि उनी कारबाहीमा समेत परेका थिए। जिल्लाम रहँदा उत्कृष्ठ काम गरेकाले उहाँ २० महिनासम्म जिल्लामै रहनु भयो  र पुरस्कृत पनि हुनुभयो। सायद यस्तो इमान्दार र अब्बल प्रहरी अधिकारी बाराले सायदै पाउँला।

बाराका नेता तथा राष्ट्रिय सभाका सदस्य रमेश यादवले उप्रेती बारा प्रहरी प्रमुख हुँदाको सम्झना गर्दै भन्छन्, ‘उहाँ जस्तो प्रहरी अफिसर फेरि कहाँबाट पाउनु ? उप्रेती जिल्लाको प्रहरी प्रमुख हुँदा बारामा शान्ती सुरक्षाको माहोल नै फरक थियो। उहाँ त प्रहरी संसठनलाई गाउँ टोलमा पठाउने, राजनीतिक पार्टीलाई झगडा नर्गन सल्लाह दिने र सबै पक्षलाई मिलाएर लैजान सक्ने एक असल र प्रिय प्रहरी अफिसर हुनुहुन्थ्यो।’ उनले सुपारी काण्डमा उप्रेतीको कुनै दोष नरहेको दाबी गरे। उनले भने, बरु उप्रेतीकै पहलमा तस्करबाट सुपारी समातिएको हो।'

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक उपेन्द्रकान्त अर्यालले एसपी उप्रेती संगठनको इमान्दार र सक्षम अफिसरको रुमा आफूले चिनेको बताए। उनले भने, ‘कुनै जिल्ला विशेष रहँदा भएका घटनालाई लिएर इन्चार्जको नाम जोड्नु, छानबिनबाट  सत्यतथ्य बाहिर आएपछि पुनः त्यो कुरा उचाल्नु उपयुक्त हुँदैन र यसले संगठनलाई फाइदा हुँदैन।’







प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।