सोमबार, साउन १८, २०८३

बालुवाटारमा प्रधानमन्त्री र डा. केसीबीच भेटवार्ता

विभिन्न माग पूरा गर्न सरकारलाई दिएको अल्टिमेटम सकिन दुई दिन बाँकी रहँदा प्रधानमन्त्रीले केसीसँग छलफल गरेका हुन्।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीबीच भेटवार्ता सुरु भएको छ। मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र डा. केसीबीच भेटवार्ता भएको हो।

विभिन्न माग पूरा गर्न सरकारलाई दिएको अल्टिमेटम सकिन दुई दिन बाँकी रहँदा प्रधानमन्त्रीले केसीसँग छलफल गरेका हुन्। 

प्रधानमन्त्रीको सचिवालका अनुसार देउवाले केसीलाई बालुवाटार बोलाएर छलफल सुरु गरेका हुन्। भेटमा डा केसीका मागबारे छलफल भइरहेको बताइएको छ। 

प्रकाशित: Aug 17, 2021| 17:16 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्