धनगढी- तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) टी-२० क्रिकेट नयाँ क्रिकेट मैदान फाप्लामा हुदैछ । जहाँ पाँच वटा नयाँ पिचको निर्माण गरिएको छ । क्रिकेट मैदान अथवा पिचको बारेमा राम्रो ज्ञान नभएर खेल्दा कति पय समयमा बलरलाई फाइदा हुन्छ त कतिपय समयमा ब्याट्म्यानलाई । अनि कतिपय समयमा दुबैलाई घाटा हुन्छ । तर, फाप्ला क्रिकेट मैदान ब्याट्सम्यान की बलर कस्लाई फाइदा पुग्यो त्यो नै अनविज्ञ्या भएका छन् ।
केहि दिन अघिको बर्षाका कारण पनि मैदानको ओसिलो पना अझै सुख्खा भएको छैन् । जहाँ पहिलो दिनको भएका दुबै खेलमा चारवटै टोलीले सामान्य रन पनि बटुल्न धेरैनै संघर्ष गर्नु पर्यो । उक्त खेलहरुमा ब्याट्म्यानहरु भन्दा बलरहरुनै धेरै जमेका थिए । खेल सकिसकेपछि चारै टोलीका कप्तानहरुले मैदान नयाँ भएकाले खेल प्रदर्शनमा केहि तलमाथि भएको बताए ।
महेन्द्रनगर युनाइटेडका कप्तान शरद भेषवाकरले पनि मैदानको बारेमा चित्त बुज्दो धारण राखेनन् । उसोत उनले मैदानलाई कुनै पनि दोस दिन चाहेनन् । ‘विकेट पनि निकै कठिन छ, धेरै रन बन्छ जस्तो लाग्दैन, अब तीन चार दिन घाम लागेको खण्डमा केहि फरक हुन सक्छ की भन्ने आशा छ’, शरदले भने ।
त्यस्तै घरेलु टोली धनगढी स्टार्सका कप्तान सोमपाल कामिले मैदान अहिलेनै खेल्न युक्त नभएको बताए । हुन त उनले पहिलो दिनको खेलमा आफ्नो टोलीको केहि कमजोरी रहेको समेत बताएका थिए ।
डीपीएलको पहिलो खेलमा जित निकालेका काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले पनि आफुहरुले चिक्त बुज्दो अनुशारको खेल प्रदर्शन गर्न नसकेको बतए । ज्ञानेन्द्रले क्रिकेट मैदानले पनि पहिलो दिनमा केहि साथ नदिएको धारणा राखे ।
‘हामि बरल तथा ब्याट्म्यानले पनि सोचेजतिको रन बटुल्न सकेनौ । जस्ले गर्दा खेलमा जित भएपनि सन्तोष जनक जित निकाल्न नसकिएन्’, गोल्डेन्स्का बप्तान ज्ञानेन्द्रले बताए । रुपन्देहि च्यालेन्जर्सका कप्तान बसन्त रेग्मीको धारणा भने अलि फरक छ । उनले सोचेजति रन बटुल्न नसकेपनि विकेट लिन सकेकोमा खुसी ब्यक्त गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४