शुक्रबार, साउन १५, २०८३

‘केन्द्रीकृत मानसिकता संघीयता धरापमा पार्न उद्त’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विगतको केन्द्रीकृत मानसिकता अझै अन्त्य हुन नसकेको गुनासो गरेका छन्। मुलुक संघीयतामा गइसकेपनि सत्ता सञ्चालन गर्ने केन्द्रीकृत मानसिकता ज्यूँको त्यूँ रहेको राउतले बताएका छन्।

राष्ट्रिय योजना आयोगले सोमबार जनकपुरमा आयोजना गरेको १५ औं योजनाको आधारपत्र सम्बन्धि प्रादेशिक परामर्श बैठकमा बोल्दै राउतले यस्तो बताएका हुन्।

केन्द्रीकृत मानसिकता अहिले पनि संघीयता धरापमा पार्नेतर्फ उद्त रहेको बताउँदै राउतले संघीयता मजबुत बनाउने जिम्मेवारी प्रदेश र स्थानीय सरकारको हातमा आएको दाबी गरे।

‘केन्द्रीकृत शासन गर्ने मानसिकताको अन्त्य हुन सकेको छैन्, संघीयतालाई धरापमा पार्ने षडयन्त्र हुँदैछ,’ मुख्यमन्त्री राउतले भने,‘प्रदेश सरकार र स्थानीय सरकारले मिलेर संघीयता बलियो बनाउने बेला आएको छ।’

राउतले समृद्धिका लागि नीति र नियती दुबै स्पष्ट हुनुपर्ने बताए। नियत स्पष्ट नभए नीति पनि कार्यान्वयन हुन नसक्ने बताउँदै उनले नियती स्पष्ट नभएकै कारण मुलुकले यसअघि १४ वटा पञ्चवर्षीय योजना पाइसकेपनि उपपलब्धि हासिल हुन नसकेको दाबी गरे।

हालसम्म उपलब्धि हासिल हुन नसकेका कारणहरु औल्याउनुपर्नेमा उनको जोड थियो। तलदेखि माथिसम्म व्याप्त कुशासन, भ्रष्टाचारजस्ता समस्याहरुका कारण लक्ष्य प्राप्तिका लागि अवरोध बनि रहेको बताउँदै कुशासन अन्त्य गर्ने काम आफैबाट शुरु गर्न उनले आग्रह गरेका छन्।

१३६ वटै स्थानीय तहका प्रमुख तथ उपप्रमुखहरु उपस्थित रहेको बैठकमा मुख्यमन्त्री राउतले संविधानले दिएको अधिकार टेकेर प्रदेश र स्थानीय सरकारले सहकार्य गरे केहि वर्षभित्रै प्रदेशलाई समृद्ध बनाउन सकिने दाबी गरे।

रकम छर्ने साना योजनाहरुले समृद्धि आउन नसक्ने बताउँदै मुख्यमन्त्र राउतले अबको विकास ठोस प्रकारको हुनुपर्नेमा जोड दिए। कृषि, उद्योग र पर्यटन मुख्य आधार रहेको प्रदेश २ का लागि त्यसै अनुरुपको योजनाहरु निर्माण गरिदिन राउतले योजना आयोगसँग आग्रह गरेका छन्।

प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले विकासका साथै व्यक्तिको मूल्यमान्यतामा समेत जोडदिनुपर्ने बताए। स्थानीय सरकारले विकासका लागि पञ्चवर्षीय गुरु योजना तयार पारेर अघि बढे विकास निश्चित रहेको उनको दाबी थियो। योजना आयोगले तयार पारेको १५ औं योजनामा सिंचाई र हुलाकी सडकलाई प्राथमिकतामा नपारेको भन्दै सुधारगर्न तर्फ मन्त्री सोनलले ध्यानाकर्षण गराएका छन्।

सानोतिनो विकासभन्दा पनि दीर्घकालीन र स्थायी विकासतर्फ काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री सोनलले आफ्नो मन्त्रालयमा कार्यक्षेत्रको हिसाबले न्यून बजेट विनियोजन गरेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।