शुक्रबार, साउन १५, २०८३

बेरोजगारलाई भत्ता : फागुनमा घोषणा, चैतदेखि खोजी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सरकारले बेरोजगारलाई जागिर र जागिर दिन नसके भत्ता दिने योजनासहित बुधबार प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्ने भएको छ। कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने भएका छन्। उद्घाटनसँगै कार्यक्रम लागू हुने भएको हो। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार फागुन १ गते कार्यक्रम लागू भएको घोषणा गरिने छ। सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आमयोजित पत्रकार सम्मेलनमा श्रममन्त्री गोकर्ण विष्टले उक्त कार्यक्रम बुधबारदेखि लागू हुने बताए।

श्रममन्त्री विष्टले सरकारले उक्त कार्यक्रम मुलुकको लागि महत्वपूर्ण रहेको प्रकाश पारे। उनका अनुसार ७५३ ओटै स्थानीय तहमा रोजगार संयोजक छनोटको काम चलिरहेको छ। ‘तसर्थ फागुन महिनाभित्रमा सबै प्रक्रिया टुङ्ग्याइनेछ,’ उनले भने ‘चैतदेखि देशभर रहेका बेरोजगारहरुको नामावली संकलन गरिनेछ।’

उनले संविधान बमोजिम कार्यक्रम ल्याउन लागेको जानकारी दिए। मन्त्रालयका अनुसार उक्त प्रयोजनका लागि १३ ओटा सम्भावित क्षेत्रको पहिचान गरिएको छ। जसमध्ये कृषि, उर्जा सिंचाई र नदी नियन्त्रण, खानेपानी तथा सरसफाई, सहकारी र पशु विकास रहेका छन्।

त्यस्तै वन तथा वातावरण, पर्यटन प्रवर्द्धन, शिक्षा, युवा तथा खेलकुद, सडक यातायात, पुनर्निमाण, लगायतका क्षेत्रहरु छन् ।

जीवन निर्वाह भत्ता पाउनको लागि सरकारले छुट्टै मापदण्ड बनाएको छ। मापदण्ड अनुसार परिवारमा रहेका कुनै पनि सदस्यहरु संगठित संस्थाको रोजगारीमा नरहेको हुनुपर्नेछ। परिवारको कुनै सदस्य स्वरोजगार रहेको समेत हुनु हुँदैन।  अनौपचारिक क्षेत्रबाट हुने आम्दानी समेत प्रतिव्यक्ति आय भन्दा कम हुनुपर्छ। 

वैदेशिक रोजगारीमा गएका र सरकारअन्तर्गतका विभिन्न कोषहरु नागरिक लगानी कोष, कर्मचारी सञ्चयकोष, सामाजिक सुरक्षा कोष जस्ता कोषहरुबाट अवकाश वा पेन्सन सुविधा प्राप्त गर्ने व्यक्ति र तिनका परिवारका सदस्यलाई पनि यस्तो सुविधाबाट दिइने छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।