शुक्रबार, साउन १५, २०८३

‘मधेशी जनताको पक्षमा संविधान संशोधन हुन्छ’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मधेशी जनताको पक्षमा संविधान संशोधन हुने दाबी गरेका छन्। मधेशी जनताको हक, अधिकारको पक्षमा संविधान संशोधनका लागि निरन्तर पहल भइरहेको पनि उनले बताए।

‘मधेशी जनताको चाहनाअनुसार संविधान संशोधनका लागि पहल भइरहेको छ,’ सोमबार सिरहाको अर्नमा गाउँपालिका–१ महनौरमा नवनिर्मित स्वास्थ्य चौकीको उद्घाटन समारोहमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘मधेशी जनताको आवश्यकताअनुसार संशोधन गर्दै जाने भनेर प्रधानमन्त्री केपी ओली, मैले र उपेन्द्रजीले सहमतिपत्रमा हस्ताक्षर गरेका छौँ।’ संविधान संशोधन हुन्न भनेर नसोच्न उनले आग्रह गरेका छन्।

मधेशको विकासमा सरकारको ध्यान कम छ भनेर शंका नगर्द आग्रह गर्दै प्रचण्डले मधेशको विकासबाट गरेरमात्र मधेशी जनताको आकांक्षा सम्बोधन गर्न सकिने उल्लेख गरे।

नेकपा अध्यक्ष प्रण्डले मधेशमा देखिएको नागरिकतासम्बन्धी समस्यापनि चाँडै सामाधान हुन लागेको दाबी गरेका छन्। नागरिकतासम्बन्धी विधेयक संसदमा गइसेको भन्दै उनले केहि समयमै मधेशमा रेहेको समस्या हल हुने बताए।

सिंचाइ र खानेपानीमा दीर्घकालीन ढंगले समस्या समाधान गर्न सम्बन्धित मन्त्रालयमा कुरा राखेको भन्दै प्रचण्डले तराई मधेशका लागि सरकारले झण्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था गरिसकेको जानकारी गराए।

सिरहा जिल्ला आँप उत्पादनमा नेपालकै अग्रणी जिल्ला रहेको भन्दै उनले सिरहलाई आँप जोनको रुपमा विकसित गर्न हरेक खाले पहल गर्ने आवश्वासन दिएका छन् । पूर्वाधार विकास, उत्पादन वृद्धि र रोजगारीजस्ता काम अगाडी बढाउन सरकार लागि परेके उनको भनाइ थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।