शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा कडा पारिने

लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा कडा पारिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – भारतको आसत्र लोकसभा निर्वाचनलाई मध्यनजर गरी नेपाल–भारतका सुरक्षाकर्मीले सीमा क्षेत्रमा संयुक्त गस्ती गर्ने भएका छन्। सोमबार जनकपुरमा सम्पत्र नेपाल–भारत सीमा सुरक्षासम्बन्धी बैठकमा यस्तो सहमति भएको हो।

प्रदेश २ का धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्ला तथा बिहार राज्यको मधुबनी जिल्लाका प्रशासनिक एवं सुरक्षा प्रमुखहरुको संयुक्त बैठकले भारतको लोकसभा निर्वाचनमा सीमा क्षेत्रमा सुरक्षामा कडाइ गरिनुकासाथै निगरानी बढाइने निर्णय भएको छ।

बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले आगामी अप्रिल÷मे महिनामा भारतमा हुन लागेको लोकसभा निर्वाचनमा सीमा क्षेत्रमा संयुक्त सुरक्षा प्रदान गर्ने निर्णय भएको जानकारी दिए।

यसका साथै सीमा क्षेत्रमा हुने विभिन्न खाले अपराध नियन्त्रण गर्न विगत झैँ संयुक्त कारबाहीलाई निरन्तरता दिने निर्णय बैठकले गरेको उनले बताए।

कणेलले नेपाली सीमाबाट हुन सक्ने नक्कली रुपैयाँको ओसारपोसार, मानव बेचबिखन, मदिराके अवैध कारोबार, लागु औषधको ओसारपोसारजस्ता गतिविधिलाई निस्तेज पार्न ठोस रणनीति बनाउने निर्णय भएको जानकारी दिए।

नेपाली सीमाको प्रयोग गरेर भारतमा भारतीय रुपैयाँको ओसारपोसार तथा भारतीय सीमाबाट नेपालमा लागुऔषध र साना हतियारको ओसारपोसार नियन्त्रण गर्न ठुलो चुनौतीको रुपमा देखिएको छ ।

बैठकले सीम स्तम्भहरुको मरम्मत सम्भारजस्ता विषयहरुलाई आपसी समझदारी र सहयोगबाट समाधान गर्ने निर्णय पनि गरेको छ । भारत मधुबनीका डिएम श्रीसशक्त कपिल अशोकले लोकसभा निर्वाचनलाई मध्यनजर गरी दुई देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक बसेको बताउँदै नेपालतर्फ प्राप्त भइरहेको सहयोगको प्रशंसा गरेका छन् ।

बिहारमा मदिरालाई निषेध गरिएको अवस्थामा नेपालका प्रशासनिक तथा सुरक्षा निकायबाट प्राप्त सहयोगले आफूहरुलाई ठुलो सहयोग भेटेको उनले बताए । लोकसभा निर्वाचनलाई हेरेर आउनसक्ने समस्याहरुका विषयमा बैठकमा गम्भीरतापूर्वक दुईपक्षबीच छलफल भएको डिएम अशोकले बताए ।

उनले भारतीय सीमा प्रयोग गरेर भइरहेको लागु औषध र साना हतियार ओसारपोसर नियन्त्रण गर्नबारे आफूहरु गम्भीर रहेको बताएका छन् । एक देशमा अपराध गरेर अर्को देशमा लुकेर अपराधी बस्नु गम्भीर विषय बन्दै गएको भन्दै अशोकले अपराधीहरुको नाम साटासाट गरेर हस्तान्तरण गर्ने कुरामा पनि सहमति भएको जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।