शुक्रबार, साउन १५, २०८३

प्रदेश–२, स्थानीय तहमा दुई नम्बरी काम ज्यादा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वीरगंज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार देशैभरका सात प्रदेश मध्ये स्थानीय तहमा भ्रष्टाचार सम्बन्धी सबै भन्दा बढी उजुरी प्रदेश नम्बर २ बाट दर्ता भएको छ।

चालू आर्थिक वर्षको पहिलो छ महिना (पुस मसान्तसम्म) मा देशभरबाट स्थानीय तहका भ्रष्टाचार सम्बन्धी उजुरी प्राप्त भएकामध्ये सबैभन्दा बढी अर्थात् ४० प्रतिशत उजुरी प्रदेश–२ को स्थानीय तहबाटै प्राप्त भएको हो। प्रदेश २ बाट ५ सय २२ वटा उजुरी प्राप्त भएको अख्तियारका सह प्रवक्ता मदन कोइरालाले जानकारी दिए।

मानव विकास सूचकांकमा कमजोर प्रदेशको रुपमा पहिचान बनाएको प्रदेश–२ निर्वाचित जनप्रतिनिधि नेतृत्वमा आउन नपाउँदै भ्रष्टाचारको दलदलमा फँसेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा विकास निर्माणको बजेटको चरम दुरुपयोग भएको भन्दै चौतर्फी आलोचना समेत सुरु भएको छ।

भ्रष्टाचारको विषय यति जटिल बनेको छ की प्रदेश राजधानी जनकपुरमा प्रदेश मन्त्री र सचिवबीच बजेट दुरुपयोगको विषयमा सहमति हुनसक्दा उत्पन्न विवाद एक अर्काविरुद्ध सार्वजनिक गालीगलौज र हात हालाहालमै उत्रिए।

स्थानीय तहमा भ्रष्टाचार चुलिएपछि पीडित बनेका स्थानीय बासिन्दा र प्रतिपक्षको हैसियतमा रहेका राजनीतिक दलका कार्यकर्ताले एकपछि अर्को गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी दर्ता गराउन थालेका छन्।

जथाभावी सल्लाहकार नियुक्त गरेको, अनावश्यक रुपमा महँगा सवारी साधन खरिद गरेको, परामर्शको नाममा जथाभावी रकम खर्च गरेको, ऐन नियमविपरीत ठेक्का पट्टा लगाएको, नदीजन्य र वन पैदावारको निकासीमा ठेकेदारसँग मिलेमतो गरेर राजश्व हिनामिना गरेको विषयमा उजुरी परेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।