शुक्रबार, साउन १५, २०८३

नेविसंघ अध्यक्ष महरको राजीनामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाल विद्यार्थी संघको महाधिवेशन गर्न विफल भएपछि संगठनका अध्यक्ष नैनसिंह महरले सोमबार पदबाट राजीनामा दिएका छन्। उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् । महरले दुई पटकसम्म नेविसंघको महाधिवेशन कार्यतालिका सार्वजनिक गरे पनि महाधिवेशन गर्न सकेका थिएनन्।

उनले सभापति देउवालाई महाधिवेशन गराउने तदर्थ समिति गठन गर्दा सचेत हुन आग्रह गरेका छन् । ‘तपाईंको कोटरीले गर्दा नेविसंघ यो हालतमा आयो । कोटरीकै कुरा सुनेर अगाडि बढ्नु भो भने दुर्घटनामा पर्नुहुन्छ । दाइ सचेत हुनुस्, नेता चयन गर्दा ख्याल गरेर गर्नुहोला’, महरले देउवासँग भने । सभापति देउवाले तदर्थ समिति गठन गर्दा पार्टीमा सल्लाह गरेर अगाडि बढ्ने आश्वासन दिएका छन्।

११ औं महाधिवेशनबाट नेविसंघ सभापति भएका महरले आफ्नो कार्यकाल पूरा भई थपिएको पाँच महिने अवधिमा पनि १२ औं महाधिवेशन गर्न नसकेपछि उनको निकै आलोचना हुँदै आएको छ । उनले राजीनामापत्रमा लेखेका छन्, ’१२ औं महाधिवेशन र स्ववियु निर्वाचन सम्पन्न गर्ने अर्जुन दृष्टि हुँदाहुँदै विधानअनुसार नेविसंघको कार्यकाल सकिएको र पार्टीभित्र नेविसंघबारे मतान्तर भएकाले राजीनामा दिएको हुँ ।’ उनले आफू अब पार्टी राजनीतिमा लाग्ने बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।