काठमाडौं – ललितपुरको भैसेपाटीमा रहेको बिएनआरओ ट्रेडर्सको कार्पेट गोदाममा भिषण आगलागी भएको छ। सोमबार दिउँसो सवा एक बजेतिर लागेको आगो पौने तीन बजेतिर नियन्त्रणमा लिइएको थियो।
ललितपुर प्रहरी परिसरका अनुसार काठमाडौं, ललितपुर महानगरपालिकासहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकलले आगो नियन्त्रमा लिएको थियो।
आगलागीबाट पाँच करोड बरावरको क्षती भएको अनुमान गरिएको प्रहरीले जनाएको छ। आगलागीको कारण भने खुल्न नसकेको र घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४