धनगढी- सोमबारबाट सुशरु भएको तेस्रो संस्करणको धनगढी प्रिमयर लिग (डिपिएल) टी-२० क्रिकेटको पहिलो खेलमा घरेलु टोली धनगढी स्टार्सले काठमाडौं गोल्डेन्स्लाई रनका लक्ष्य सुम्पेको छ । फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्टार्सले ५ विकेट गुमाउँदै १ सय ३२ रन जोडेको हो ।
खराब सुरुवात गरेको स्टार्सका लागि अमित श्रेष्ठले अर्धशतकिय पारी खेले । उनले खराव सुरुवात गरेको स्टार्सका लागि अर्धशतकिय पारी खेल्दै स्र्टासको रन उकासेका थिए । उनले सन्दीप रजालीसँग ५२ रनको साझेदारी गरे ।
अमितले ५० बल खेल्दै ४ चौका र २ छक्काको मद्दतमा ५० रन जोडे । सन्दीप रजालीले २८ रन जोडे । उनले ३५ बल खेल्दै चार चौकाको मद्दतमा २८ रन जोडे । सौरभ खनालले २५, पवन सराफले १९ रन जोडे ।
स्टार्सले सुरुवाती दुई विकेट १.२ ओभरमा मात्र ६ रन हुँदा गुमाएको थियो । पहिलो विकेटको रुपमा स्टार्सले रोहन मुस्तफालाई गुमाउँदा दोस्रो विकेटको रुपमा सुनिल धमलालाई गुमाएको थियो । मुस्तफा शुन्य रनमा आउट भएका थिए भने धमलाले मात्र तीन रन जोडे ।
काठमााडौं गोल्डेन्सकाा लागि नन्दन कुमार यादवले दुई तथा ललित नारायण राजवंशी र अंकित दवासले एक एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४