बर्दिया- २३ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाबाट ठाकुरबाबा नगरपालिका-१ भुरीगाउँ बस्ने बाँसगढी नगरपालिका-५ घर भएका २९ वर्षीय कमल रावतलाई प्रहरीले पक्राउ गरेको छ।
रावतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बगनाहबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
