शुक्रबार, साउन १५, २०८३

आजका अखबार : सेनामा डेढ अर्बको चलखेल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित साेमबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् । 

आजको अन्नपूर्ण पाेष्टले गोली गठ्ठा उत्पादन गर्ने प्लान्ट खरिदमा ढेड अर्बको चलखेल गरेको विषयलाई मुख्य समाचार बनाएको छ । उसले समाचारमा लेखेकाे छ- नेपाली सेनाका लागि गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट (एम्युनेसन) खरिद प्रक्रिया विवादित बनेको छ ।

अढाई अर्बमा पाइने प्लान्ट किन्न सेनाले केही ठेकेदार कम्पनीसँगको मिलेमतोमा चार अर्ब खर्चिने निर्णय गरेको हो । राज्यलाई झण्डै डेढ अर्ब रूपैयाँ भार पर्ने गरी तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्लान्ट खरिद निर्णय टुंग्याएको स्रोतले बतायो । जानकारहरूका अनुसार उक्त प्लान्ट अढाईदेखि तीन अर्ब रूपैयाँमा पाइन्छ ।

विवादका कारण सेनाले अहिलेसम्म गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट किन्न भने सकेको छैन । बाहिरबाट खरिद हुँदै आएको गोली यहीं तयार गर्ने उक्त प्लान्ट सुन्दरीजलमा राख्ने तय भएको थियो । वास्तविक लागतभन्दा बढी मूल्यमा प्लान्ट किन्ने सम्झौता भएपछि खरिद प्रक्रिया नै अवरुद्ध भएको रक्षा मन्त्रालय स्रोतले बताएको छ ।

खरिद प्रक्रिया तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र रक्षामन्त्री भीमसेनदास प्रधानले अघि बढाएका थिए । तत्कालीन रक्षामन्त्री प्रधान, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र प्रधानसेनापति क्षेत्रीबीच पटकपटक छलफलपछि प्लान्ट खरिद निर्णय भएको समाचारमा उल्लेख छ ।

यस्तै अन्नपूर्णले धरान उपमहानगपालिकाले पर्यटन विकासका लागि छुट्याएको ६३ लाख रुपैयाँ रक्सी र भोज भतेरमा स्वाहा पारेको खुलासा गरेको छ । धरान उप-महानगरपालिकाले पर्यटन विकासमा छुट्याएको ठूलो रकम बजेट जनप्रतिनिधि र कर्मचारीले मदिरा सेवन र मासुभातमा स्वाहा बनाएकाे समाचारमा उल्लेख छ।

धरान उपमहानगरपालिकाको पर्यटन क्षेत्रको विकासमा खर्चनु पर्ने बजेट जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा दुरुपयोग गरेका हुन्। उनीहरुले ६३ लाख २५ हजार तीन सय ७० रुपैयाँ मदिरा र मासुभात शीर्षकमा स्वाहा पारेका छन्। उपमहानगरपालिकाले उक्त बजेटबाट पर्यटक प्रवद्धनको कुनै पनि काम भने गरेकाे छैन् ।

आजको नयाँ पत्रिकाले भने सेना एक्लैले गत आर्थिक वर्षमा ६ अर्ब ६१ करोड ४५ लाखको गाडी किनेको विषयलाई मुख्य समाचार बनाएको छ ।

राज्यका अन्य सबै निकायले गएको वर्ष ६ अर्ब ६१ करोड ३८ लाखको गाडी किन्दा सेना एक्लैले त्यो भन्दा बढिको गाडी खरिद गरेको हो । सरकारी निकायमा मर्मत गरेर चलाउन सकिने गाडी थन्क्याएर नयाँ किन्ने होड चलेको  छ। जसको महालेखापरीक्षकको कार्यालयले अध्ययन थालेको समाचारमा उल्लेख छ।

आजको कान्तिपुरले भने एनसेलको पुरानो खरिदबिक्रीमा समेत कर छलीको आशंका गर्दै संसद्को अर्थसमितिले सुरुदेखि सम्पूर्ण विवरण मगाएको विषयलाई मुख्य समाचार बनाएको छ । यसअघि ११ पल्ट बिक्री भएको एनसेलले लाभकर तिरे नतिरेको छानविन गर्न लागिएको अर्थसमितिले जनाएको छ । 

यस्तै कान्तिपुरले द्वन्द्वका मुद्दा टुङ्ग्याउन पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपीशर्मा ओलीलाई दवाव दिएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ  ।

द्वन्द्वकालीन मुद्दाले अप्ठेरोमा पार्ने जोखिम बढेपछि प्रचण्डले ओलीलाई चर्को दवाव दिन थालेका हुन् । सरकार र सदन नै बलियो भएका बेला यो विषय त्यहिबाट समाधान गर्न सकिने धारणा प्रचण्डको रहेको समाचारमा उल्लेख छ । 

आजको नागरिक दैनिकले भने दूरसञ्चार सेवा प्रदायकको बक्यौता तीन अर्ब शीर्षकमा मुख्य समाचार छापेको छ।

संघीय संसद्को अर्थ समितिले नौ दूरसञ्चार सेवा प्रदायकबाट झन्डै तीन अर्ब रुपैयाँ बक्यौता तत्काल उठाउन र नतिरेमा इजाजत रद्दसम्मको कारबाही गर्न सरकारलाई निर्देशन दिएको समाचारमा उल्लेख छ । 

समितिको आइतबार बसेको बैठकले एक महिनाभित्र उक्त बक्यौता असुलउपर गराउन अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको समिति सभापति कृष्णप्रसाद दाहालले बताए। समितिले बक्यौता रकम असुल नभएसम्म ती कम्पनीलाई थप सुविधा, पुँजी वृद्धि र सेवा विस्तार गर्न अनुमति नदिन निर्देशन दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।