शुक्रबार, साउन १५, २०८३

मोटरसाइकल दुघटना हुँदा तीन घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – सरस्वती पूजाको दिन मोटरसाइकल दुर्घटना हुँदा जनकपुरमा तीनजना घाइते भएका छन्। जनकपुरबाट धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको अवस्थामा विपरित दिशाबाट आइरहेको ट्रयाक्टर एक आपसमा ठोक्किएपछि जनकपुरको मुजेलियास्थित मैदा मिल नजिक दुर्घटना भएको हो।

ज १२ प ६१६३ नम्बरको मोटरसाइकल र वपरित दिशाबाट आउँदै गरेको ना ६ त ३५५१ नम्बरको ट्रयाक्टर ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक जनकपुरधाम–१७ तेतरिया बस्ने १८ वर्षीय मुत्रा यादव, मोटरसाइकलमा सवार नगराईन नगरपालिका डेवडिहा बस्ने १५ वर्षीय अमित यादव र शहीदनगर नगरपालिका–४ बालाबाखरका १६ वर्षीय बालकृष्ण यादव घाइते भएका छन्।

घाइतेहरु मध्ये मुत्रा र अमितको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुबैजनाको दाहिने खुट्टामा गम्भीर चोट लागेको बताइएको छ। तीनैजनालाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएपनि उपचार संभव नभएपछि थप उपचारको लागि काठमाण्डौं रेफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटना भएको मोटरसाइकल र ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। तिव्र गतीका कारण अनियन्त्रित भएर दुर्घटना हुन पुगेको प्रत्यक्षदर्शीहरुले जनाएका छन्।

यता सरस्वती पूजाको वहानामा ट्राफिक नियम उल्लंघन गरी मोटरसाइकल चलाउने झण्डै सय जनालाई कारबाही गरिएको छ। सरस्वती पूजाको मौका हेरेर तीनजना सवार, लाइसेन्सलगायतका कागजपत्रबिना मोटर चलाउनेहरुलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ।

सवारी साधन चेकजाँच गर्न ट्राफिक प्रहरीले जनकपुरसहित जिल्लाको विभिन्न स्थानमा चेक प्वाइन्ट खडा गरेको थियो। नियम उल्लंघन गरेर मोटर साइकल चलाउनेहरुलाई कारबाही गरेर आइतबारमात्र करिब ६० हजार राजश्व असुल गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।