शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महाधिवेशन पछाडि धकेलेर कांग्रेसलाई फाइदा हुँदैन : गगन थापा

महाधिवेशन पछाडि धकेलेर कांग्रेसलाई फाइदा हुँदैन : गगन थापा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

गोरखा – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी महाधिवेशन पछाडि धकेलेर कांग्रेसलाई फाइदा नहुने बताएका छन्। नेपाल प्रेस युनियन गोरखाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले महाधिवेशन दुई–अढाइ वर्ष पछाडि धकेल्दा यसले पार्टीलाई बलियो नबनाउने बताएका हुन्। 

‘कांग्रेसले महाधिवेशन पछाडि धकेल्नु भन्दा यसको तयारी थाल्नु पर्छ’, उनले भने, ‘महाधिवेशन पछाडि लैजानुपर्ने कुनै कारण छैन। पार्टी सरकारको जिम्मेवारीमा नभएको बेला पार्टीको महाधिवेशनको तयारी गुर्न उपयुक्त हुन्छ।’

नेता थापाले पार्टीको आगामी महाधिवेशन पहिलो पुस्ताका नेताले विश्राम लिने महाधिवेशन बनाउनुपर्ने बताए। उनले आफू नयाँ पुस्तबाट पार्टीको नेतृत्व लिन तयार समेत उनले बताएका छन्। 

‘अरु कसैले आँट गर्नुभएन भने म आँट गर्न तयार छु’, उनले भने, ‘तर, आगामी महाधिवेशनलाई जसरी पनि पहिलो पुस्ताका नेताले विश्राम लिने महाधिवेशन बनाउनुपर्छ।’ 

पार्टीका पुराना नेताले अभिभावकको जिम्मेवारी निर्वाह गर्नुपर्ने बेला आएको नेता थापाको भनाई छ। अब पुराना नेतालाई सम्मान दिएर राख्नु पर्ने र युवा पार्टीको मूल जिम्मेवारीमा आउनेमा आफू विश्वस्त रहेको उनले बताए।  

नेता थापाले अहिले पार्टी जमेको पोखरी जस्तो भएको टिप्पणी गर्दै अब बगेको नदी जस्तो जीवन्त बनाउने बेला आएको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।