काठमाडौं- आज राष्ट्रिय सभाको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक आज दिउसो १: १५ बजेदेखि शुरु हुदैछ।
आजको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल हुने र विचार गरियोस भन्ने प्रस्ताव पेस हुने कार्यसूची रहेको छ।