शुक्रबार, साउन १५, २०८३

संगठन भ्रष्ट भएको भन्दै एसपी उप्रेतीले दिए राजीनामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रहरी प्रधान कार्यालयले गरेको बढुवाप्रति असन्तुष्टि जनाउँदै एसपी नरेन्द्र उप्रेतीले पदबाट राजीनामा दिएका छन् । संगठनलाई भ्रष्ट र अनैतिक बनाइएको भन्दै उनले पदबाट राजीनामा दिएका हुन् । 

प्रहरी प्रधान कार्यालयले शनिबार मात्रै १४ एसपी र २६ डिएसपीको बढुवाका लागि सिफारिस गरेको थियो । सिफारिसमा रोलक्रममा रहेकाहरुलाई छुटाएर कनिष्ठ र विवादित व्यक्तिलाई पारिए पछि एसपीउप्रेतीले असन्तुष्टि जनाएका हुन् । 

बढुवामा परेकाहरु मध्ये केहिको अनियमिता सम्बन्धी फाइलमा छानविन भइरहेको थियो । फाइल प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल आफैले राखेर तिनै व्यक्तिलाई बढुवाका लागि सिफारिस गरिएको उनको भनाइ छ । 

एसपी उप्रेती अपराध महाशाखाका प्रवक्ता थिए । उनले पदबाट राजीनामा दिदैँ आफूलाई संगठनले नै अयोग्य जस्तो गरेपछि पदमा बसिरहन नैतिकताले नदिएको बताए । संगठन काम गर्ने भन्दा चाप्लुसी र चाकडी गर्नेहरुको कब्जामा परेको उनको आरोप छ ।  

२०५१ मा प्रहरी निरिक्षकबाट सेवामा प्रवेश गरेका उनी १०८ व्याचका हुन् । तर, उनी भन्दा दुई व्याच कनिष्ठलाई  बढुवाका लागि सिफारिस गरिएको छ। व्याच नम्बर ११० का टेकबहादुर तामाङ, दिपक थापा, भिमप्रसाद ढकाल लगायतलाई बढुवा गर्नका लागि केहि समय अघि नियमावली नै संसोधन गरिएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।