शुक्रबार, साउन १५, २०८३

आफ्नै लापरबाहीले चालकको मृत्यु, १३ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धादिङ- लापरवाहीपूर्ण तरिकाले सवारी चलाएर दुर्घटना गराउने सवारी चालकको उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ । 

धादिङबेँसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा ३ ख २७३१ नम्बरको यात्रुबाहक बस शनिबार निलकण्ठ नगरपालिका- ८ ससाहस्थित एउटा भ्यानलाई ठक्कर दिएर सडक छेउको जाली लगाइएको पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो । 

दुर्घटनापछि धादिङमा उपचार हुन नसकेपछि काठमाडौं ट्रमा सेन्टरमा उपचारका लागि पठाइएकामा उपचारको क्रममा सवारी चालक सिद्धलेक गाउँपालिका–७ का ४५ वर्षीय शिव सिलवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

३५ यात्रु बोकेको बसमा सवार यात्रुमध्ये दुर्घटनामा १३ घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि तीन जनालाई काठमाडौँको ट्रमा सेन्टरमा पठाइएको छ भने बाँकी १० को जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।