शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फाल्गुनन्द गाउँपालीका अध्यक्षको कार्यक्रम स्थलमै निधन

फाल्गुनन्द गाउँपालीका अध्यक्षको कार्यक्रम स्थलमै निधन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी – पाँचथरको फाल्गुनन्द गाउँपालीकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन भएको छ। वडा नम्बर–५ मा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका नेम्बाङ ब्लड प्रेसर एक्कासी हाई हुँदा कार्यक्रम स्थलमै लढेका थिए।

उपचारका लागि काठमाडौं लैजाने तयारी हुँदाहुँदै अध्यक्ष नेम्बाङको निधन भएको सोहि क्षेत्रका प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले जानकारी दिएका छन्। 

वडा नम्बर ५ की वडा सदस्य चन्द्रकुमारी आङ्बेका अनुसार अध्य नेम्बाङकाे करिव पाँच बजेतिर मृत्यु भएकाे हाे।

मन्त्री आङ्बोले अध्यक्ष नेम्बाङलाई समवेदना समेत दिएका छन्। ‘फाल्गुनन्द गाँउपालीकाको विकास र समृद्धिको लागी थुप्रै काम गर्ने सहमती गरेको हिजो जस्तो लाग्छ’, सामाजीक संजालमा पोस्ट गर्दै आङ्बोले लेखेका छन्, ‘अमर दाई तपाँइको अभिभारा पनी पुरा गर्ने जिम्मेवारी बोकाइदिनुभयो। हार्दिक श्रदन्जली।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।