काडमाडौं- भारतको भुवनेश्वरमा शनिबारबाट सुरु भएको हिरो गोल्डकपको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला टोली म्यानमारसँग पराजित भएको छ । भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको खेलमा नेपाल म्यानमारसँग ३-० ले पराजित भएको हो ।
म्यानमारसँग पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप दुई गोल खाँदै २-० गोल अन्तरले पराजित भएको हो । खेलको पहिलो हाफको ७ औं मिनेटमा म्यानमारकी खिन मोए वाइले गोल गर्दै नेपाललाई १-० पछि पारेकी हुन् ।
त्यसपछि खेलको ५२ औं मिनेटमा थप एक थोल गर्दै म्यानमारले अग्रता दोब्बर पार्यो । ७७ औं मिनेटमा गोल गर्दै म्यानमार नेपालमाथि ३-० ले वजयी भयो । यसअघि जापानमा सन् २०२० मा हुने ओलम्पिक छनोटका बेला आमने सामने हुँदा यि दुबै टालिले बराबरी खेलेका थिए ।
अब आफ्नो दोस्रो खेल नेपालले आयोजक राष्ट्र भारतसँग खेल्ने छ । खेल सोमबार हुने छ । नेपालले यस मैत्रिपुर्ण खेललाई फाल्गुन मसान्तमा विराटनगरमा हुने महिला साफ च्याम्पियनसिपको तयारीको रुपमा हेरेको छ । साफ अगाडी आफूभन्दा बलिया टोलीविरुद्ध प्रतियोगिता खेल्न पाउनु निकै फाइदाजनक हुने देखिन्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४