शुक्रबार, साउन १५, २०८३

अवैध मदिरासहित भारतीय पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – प्रहरीले बारा जिल्लाबाट अवैध मदिरासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

नेपालबाट भारततर्फ अवैध तरिकाले मदिरा लगिरहेको अवस्थामा बारा प्रहरीले भारत मोतिहारी थाना लखौरा ग्राम इनर्वा फुलवारा–१३ बस्ने २६ वर्षीय नितेश यादवलाई पक्राउ गरेको हो।

भारतको विहार राज्यमा मदिरा बिक्री वितरणका साथै सेवनमा प्रतिबन्ध लगाइएको छ। नेपालबाट चोरी पैठारी तथा निकासी नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले स्कोरपियो जीपमा लैजाँदै गरेको ३३ हजार ६ सय मूल्य बराबरको २८ बोरा सोफी नामक अवैध मदिरासहित यादवलाई पक्राउ गरेको हो। बारास्थित इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले बाराको पचरौता नगरपालिका–४ इनर्वा सीमा क्षेत्रबाट यादवलाई पक्राउ गरेको छ।

यादव चढेको जीजे ०६ सीए ६८३८ नम्बरको भारतीय प्लेटको गाडीसहित मदिरा नियन्त्रमा लिइएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता डीएसपी दानबहादुर थापाले जनाएका छन्।

नियन्त्रणमा लिइएको मदिरा तथा गाडी आवश्यक कारबाहीको लागि बारास्थित भन्सार कार्यालयमा बुझाइएको छ।

यसैगरी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ बाट करिब ९० हजार मूल्य बराबरको ५ वटा गाई र ४ गोरुसहित तीनजनलाई प्रहरील पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सप्तरी छित्रमस्ता गाउँपालिका–४ का ४२ वर्षीय उमेशराम सोहि स्थानका ३० वर्षीय सुनिल पण्डित र ४२ वर्षीय विशु पण्डित रहेको प्रहरीले जनाएको छ।

तिलाठी प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छली लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।