शुक्रबार, साउन १५, २०८३

शरीर बेच्ने पुरुष, जो महिलाका लागि खास थिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

म एक मर्द! नीलो र गुलाबी बल्व बलेको उज्यालो कोठा। जहाँ म आफैंलाई बेचिरहेको थिएँ। ‘तपार्इंलाई थाहा छ, तपाईं कहाँ उभिएको हुनुहुन्छ?’ मेरासामु यस्तै सबाल तेर्सिएका थिए। म जबाफ दिइरहेको थिएँ, ‘मलाई थाहा छ। म पैसाको लागि जे पनि गर्छु।’

मेरो अगाडि आधा उमेर कटेकी महिला उभिएकी थिइन्। उनी ट्रान्सजेन्डर (तेस्रो लिंगी) थिइन् । पहिलोपटक उनलाई देख्दा म डराएको थिएँ उनी कुन हुन् भनेर । उनले भनिन्, ‘तँसँग धेरै घमण्ड छ। तर मसँग तेरो केही चल्नेवाला छैन।’

दिनको नौदस घन्टा एक आइटी कम्पनीमा काम गर्थें म। मेरो अगाडि ती ट्रान्सजेन्डरलाई देख्दा म डराएको थिएँ। म यस्तो परिवारमा जन्मिएको मान्छे हुँ, जोकोही मलाई यस्तो काम गर्न सक्छ भनेर परिकल्पनासम्म गर्न सक्दैनन्। म आफूलाई बेचिरहेको थिएँ। मैले सोधें, ‘अब कतिबेलासम्म मैले यस्तो गर्नुपर्छ? भोलि मेरो कार्यालय छ?’

उताबाट प्रत्युत्तर आयो, ‘जा अफिसमै गएर गर यस्तो कार्य।’ म यो जबाफ पाएर नाजबाफ भए। आखिर पैसा लिएपछि बेचिनु नै थियो। म बजारका लागि नयाँ माल भएको थिएँ। फेरि ती ट्रान्सजेन्डर बोलिन्, ‘तैले तरो तस्बिर पठाउनू, नत्र तँसँग कोही पनि कुरा गर्नेवाला छैन। तँ काम पनि पाउँदैनस्।’

यो सुन्नेबित्तिकै मेरो हालत खराब भइहाल्यो। किनकि मेरो तस्बिर सार्वजनिक हुनेवाला थियो। कोही आफन्तले देखे भने मेरो भविष्य के होला भन्ने सोचमा पर्न थालें म। तर धन्दा चलाउन तस्बिर सार्वजनिक नगरी सुखै थिएन। मेरो तस्बिर दायाँबायाँबाट अनि तलबाट खिचियो। योसँगै थप दुई आकर्षक तस्बिर पनि मागियो। 

त्यसपछि मेरै अगाडि ती ट्रान्सजेन्डरले वाट्सवबाट कसैलाई मेरो तस्बिर पठाइन्। तस्बिरसँगै लेखिएको थियो, ‘नयाँ माल हो। रेट बढी लाग्छ। कम पैसा चाहिए अर्को पठाइदिउँला।’ अन्तिममा पाँच हजारमा डिल भयो।

जुन डिल मैले मान्नु थियो। यो कुनै फिल्ममा नभएर मेरो जीवनमा हुँदै थियो। जुन घटना म आफंैलाई अजिब लागेको थियो। म जिन्दगीमा पहिलोपटक बिना प्यार यस्तो गर्दै थिएँ। बिना माया र इमोसनको सेक्स कसरी गर्नु ? एक अन्जान महिलासँग यस्तो धन्दा कसरी गर्नु मेरो मन डराइरहेको थियो। एउटा पहेंलो ट्याक्सीमा बसेर म त्यही दिन कोलकाताको पोस इलाकाको एउटा घरमा घुसें। घरभित्र ठूलो फ्रिजमा मदिराको बोतल भरिएको थियो। त्यहाँ ठूलो टिभी पनि थियो।

उनी सायद ३२–३४ वर्षकी थिइन्। हामीबीचमा कुरा सुरु भयो। उनले भनिन्, ‘म त गलत ठाउँमा फसिहालें। मेरो श्रीमान् तेस्रोलिंगी हुन्। उनी अमेरिकामा बस्छिन्। म उनीसँग डिभोर्स गरेर बस्न सकेकी छैन। आखिर सम्बन्धविच्छेद गरेको पुरुषसँग बिहे पनि कसले नै गर्छ र? मेरो पनि मनै त हो। मन लाग्छ। अनि के गर्नु?’

अभाव वा सोख

हामी दुवैले मदिरा पियौँ। उनले हिन्दी गीत लगाइन् र नृत्य गर्न थालिन्। त्यसपछि दुवै डान्स रुमबाट बेड रुममा गयांै। यतिबेलासम्म उनले मसँग प्यारपूर्वक कुरा गरेकी थिइन्। केहीबेरमा काम सकियो । उनले भनिन्, ‘हिँड निस्क, यहाँबाट निस्किहाल।’

उनले मलाई टिप्स पनि दिइन्। मैले उनीसँग भनेँ, ‘मैले यो काम गरिबीका कारण  गरिरहेको छु।’ उनले भनिन्, ‘म तेरो गरिबीलाई सोख बनाइदिनेछु।’ मेरो गरिबी कलकत्ताबाट सयाकडांै किलोमिटर टाढा रहेको आफ्नै घरबाट सुरु भएको थियो। 

मध्यमवर्गीय परिवारमा जन्म हुनुलाई म अभागी ठान्थेँ। किनकि म जन्मिनेबित्तिकै मेरा बुवाको निधन भएको थियो। यसपछि गरिबीले हामीलाई च्याप्दै गयो। मेरो सपना एमबिए गर्ने थियो तर म इन्जिनियरिङ पढ्न बाध्य भएँ। त्यसपछि कोलकातामा काम गर्न थालें। अफिसमा सबै बंगाली भाषामा गरेर मलाई होच्याउँथे। अफिसका मान्छेको भाषा र राजनीतिले बिस्तारै म आजित हुँदै जान थालें। मैले आफूप्रति गरिने व्यवहारबारे हाकिमलाई पनि भनेको हुँ। तर मेरो कुरा कसैले सुनुवाइ गरेन। म अफिसको ट्वाइलेटभित्र गएर रुन्थें। पछि मेरो ट्वाइलेट जाने आउने समय पनि नोटिस गर्न थालियो र हाकिमसँग यो बाहिर बढी गइरहन्छ भनेर कुरा लगाइयो।

यसले मेरो आत्मविश्वासमा आँच आउन थाल्यो। म बिस्तारै डिप्रेसनको सिकार हुन थालें। डाक्टरकहाँ गएर पनि मेरो समस्या समाधान भएन। मेरो काँध जिम्मेवारीले थिचिएको थियो। त्यसैले मैले जसरी पनि पैसा कमाउनु थियो। पैसा कमाउने विभिन्न उपाए म इन्टरनेटमा खोज्न थालें। सोही क्रममा मैले ‘मेल एस्कोर्ट’ बन्ने बाटो प्राप्त भयो। 

जहाँ शरीरको मोलमोलाइ हुन्छ

मलाई यो प्रोफाइल लेख्न डर लागिरहेको थियो। तर म त्यस्तो मोडमा थिएँ– मसँग दुईवटा उपाय मात्र थिए– त्यो बाटोबाट पछि हट्नु वा त्यसैलाई अपनाउनु । 

मैले आफ्नो बाध्यताका कारण त्यही बाटो अपनाउने निर्णय गरें। मलाई महिलाहरूले सोध्थे, ‘तपाई विवाहित कि अविवाहित ?’ मलाई त्यस्तो सोध्नेमा विधुवादेखि अविवाहितसम्म थिए। म उनीहरुका लागि मान्छे भन्दा बढी उनीहरुको चाहना पूरा गर्ने साधन थिए। उनीहरुले आफ्नो इच्छा पूरा नहुन्जेल मलाई प्रयोग गरिरहन्थे। कोही विवाहित पनि हुन्थे। उनीहरु भन्थे– म आफ्नो श्रीमान्सँग डिभोर्स गरेर तिमीसँग खुसी जीवन जिउन चाहन्छु। किनकि तिमीले मेरो माग पूरा गर्न सक्यौं। तर, त्यो भाषा उनीहरुले मसँग रमाइलो गर्नसम्मको लागि मात्र हुन्थ्यो। इच्छा पूरा हुनेबित्तिकै मायाको भाषा हराइहाल्थ्यो।

थुप्रै पटक गाली खाएँ
जा निस्किहाल् यहाँबाट ।
भाग्, पैसा लिएर भाग् ।

उनीहरु मबाट भरपूर आनन्द पनि लिन्थे । अनि मलाई नै गाली गर्थे। एकपटक एक जोडीले मलाई बोलायो। पतिले दारु पियो र मलाई हेरिरह्यो। म उसैको घरमा उसैको अगाडि उसैको खाटमा उसैको श्रीमतीसँग रमाइलो गरिरहेको थिएँ। यो काम उक्त जोडीको मन्जुरीमै भइरहेको थियो। सायद उनीहरुकै योजना हुनुपर्छ त्यो ।

यही बिचमा ५० वर्षभन्दा बढी उमेरका महिला पनि मेरा ग्राहक बने। जुन मेरो जीवनको सबैभन्दा अलग अनुभव थियो। रातभर उसले मसँग छोरा छोरा भन्दै कुरा गरिरही। आफ्नो परिवार र सन्तानले आफूलाई माया नगर्ने पनि सुनाई। उसले मलाई यो धन्दा गलत हो अर्को काम गर भनेर सुझाव पनि दिई।

हामीबीच रातभर कुराकानीबाहेक अरू केही पनि भएन। उसले छोरा भन्दै बिहानै मलाई केही रुपैयाँ दिइन्, जसरी एक आमाले स्कुल जाँदा आफ्नो छोरालाई दिन्छन्। अहिले पनि मलाई त्यो घटना अनौठो लाग्छ। 

एक दिन मैले दारु पिएको थिएँ। जिन्दगीबाट थाकेको महसुस गर्दै आमालाई फोन गरें। अनि भनिदिएँ, ‘आमा तपाईं सधैं सोध्नुहुन्थ्यो यतिधेरै पैसा तँसँग कहाँबाट आउँछ भनेर।’ मैले भनें, ‘म धन्दा गर्छु...धन्दा ।’ आमाले ‘धेरै नबोल बाबु। दारु खाएर तँ जे पनि बोल्छस्’ भन्नुभयो र फोन राखिदिनुभयो।

मैले आमालाई सत्य कुरा भनेको थिएँ। तर आमाले मरो कुरा नसुने झंै गरिदिनुभयो।  समयमै मेरो धन्दाबाट कमाएको पैसा घर पनि पुग्ने गरेका थिए। त्यो रात म निकै रोए र यसपछि मैले आमालाई आफ्नो कामको बारेमा कहिले भनिन। म यसै धन्दामा रमाई रहे। किनकी यो कामबाट मलाई पैसा पाइन्थ्यो। बजारमा मेरो व्यापक माग थियो। मैले सोचेको थिए एमबीए नगरन्जेल यो काम गरिरहनेछु। 

तर धन्दा गर्ला केही यस्ता ग्राहक भेटिन्थे। जो शरीरमा विभिन्न निसान छोडेर जान्थे। यो निसान शरीरमा पनि हुन्थ्यो, त्यसैगरी मेरो आत्मामा पनि। उता समाजमा त्यस्ता निसान देखाउन उपयुक्त हुन्थेन। मलाई उक्त काम गरेकोमा कुनै पछुतो छैन। किनकि मैले यही धन्दा गरेर एमबिए गरेँ। अहिले त्यो सहर छोडेर टाढा अर्कै सहरमा गएर बसेको छु। खुसी छु। नयाँ साथी बनाएको छु। जसलाई मेरो विगत केही थाहा छैन। सायद यो कुरा अब कहिले कसैलाई भन्न सक्ने छैन।

हामी बाहिर जान्छौँ। फिल्म हेर्छौं। रानी मुखर्जीको ‘लागा जुनरी में दाग’ मलाई मन परेको फिल्म हो। सायद त्यो फिल्मको कहानी नै मेरो जीवनको वास्तविक कहानीझँै लाग्छ मलाई। म विगतको बारेमा सोच्छु। यो मरो जीवनको एक यस्तो च्याप्टर हो, सायद म यो मरेर पनि भुल्दिनँ होला।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।