काडमाडौं- नेपाली महिला राष्ट्रिय फुटबल टोलीले आज (शनिबार)बाट भारतको भुवनेश्वरमा सुरु हुने हिरो गोल्डकपको पहिलो खेलमा म्यानमारको सामना गर्दैछ । खेल भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाली समय अनुसार साँझ ४:१५ बजे सुरु हुने छ ।
यी दुबै टोलीले पछिल्लो पटक जापानमा सन् २०२० मा हुने ओलम्पिक छनोटका बेला आमने सामने भएका थिए । उक्त खेलमा दुबै टोलीले बराबरी खेलेका थिए । तर, यस पटक भने नेपाल सतप्रतिशत जित निकाल्ने उद्देश्यका साथ मैदान प्रवेश गर्नेछ ।
किनकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पछिल्लो समय लगातार प्रशिक्षणमा व्यस्त रहेको छ । लामो समय बन्द प्रशिक्षणमा रहेको टोलीले साफ अगाडी आफूभन्दा बलियो टोलीविरुद्ध प्रतियोगिता खेल्न पाउनु निकै फाइदाजनक हुने देखिन्छ । हिरो गोल्डकपमा आयोजक भारतसँगै नेपालले म्यानमार र इरानको सामना गर्दैछ ।
फाल्गुन मसान्तमा विराटनगरमा सुरु हुने महिला साफ च्याम्पियनसिपको तयारीका लागि यो प्रतियोगिता निकैनै प्रभावकारी साबित हुने छ । साफ अगाडी आफूभन्दा बलिया टोलीविरुद्ध प्रतियोगिता खेल्न पाउनु निकै फाइदाजनक हुने देखिन्छ ।
फिफा विश्व वरियता हेर्दा नेपाल १ सय ८ औं स्थानमा छ भने भारत ६२ औं, इरान ६० औं र म्यानमार ४४ औं स्थानमा छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४