शुक्रबार, साउन १५, २०८३

आठौं राष्ट्रिय खेलकुद यसै वर्ष हुन्छ : सदस्य-सचिव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव केशवकुमार विष्टले आठौं राष्ट्रिय खेलकुद २०७५ सालमै हुने बताएका छन् । राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान)ले प्रकाशन गरेको स्पोर्ट्स क्वाटरली पुस्तक विमोचन कार्यक्रमा शुक्रबार सदस्य–सचिव विष्टले उक्त कुरा बताएका हुन् ।

‘आठौं राष्ट्रिय खेलकुद हुन्छ कि हुँदैन भन्नेमा कसैले द्विविधा नराखे हुन्छ । आठौं राष्ट्रिय खेलकुद २०७५ सालमै हुन्छ । कुनै हालतमा रोकिन्न ।’ सदस्य-सचिव विष्टले भने, ‘आठौं राष्ट्रिय खेलकुदका लागि जिल्ला छनोट भइसकेको छ । निर्माणको काम तीव्र गतिमा अगाडि बढी रहेको छ । नेपाल सरकार, खेलकुद मन्त्रालय र राखेप आठौं राष्ट्रिय खेलकुद गर्नेमा प्रतिबद्ध छ ।’ 

उनले थपे, ‘प्रदेश छनोटको मिति पनि तोकीसकेका छौं । आठौं राष्ट्रिय खेलकुदसँग सम्बन्धित अन्य धेरै कुरा अगाडी बढी सकेका छन् । अलि कति तिथि मितिमा तल माथि होला । तर, आठौं राष्ट्रिय खेलकुद यसै वर्ष हुन्छ । सबै ढुक्क भए हुन्छ ।’

पुस्तक प्रकाशन गर्न सानका उप निर्देशक महेन्द्रकुमार राईको संयोजकत्वमा ५ सदस्यीय पुस्तक प्रकाशन समिति गठन गरिएको छ । समितिको प्रमुख सल्लाहकारमा सदस्य-सचिव विष्ट, सल्लाहकारमा सानका निर्देशक नवीन उप्रेती र प्रेस सल्लाहकार रोहित दाहाल, सह–संयोजकमा सानकी प्रशासन प्रमुख अनन्तदेवी खनाल तथा सदस्यमा विकासविक्रम शाह, दामोदर अर्याल र प्रतीक्षा खरेल रहेका छन् ।

सानका निर्देशक उप्रेतीले पुस्तक चौमासिक रुपमा नियमित प्रकाशन गर्ने प्रतिबद्धता जनाउदै पुस्तकलाई अझ स्तरीय बनाउदै लैजाने बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।