शुक्रबार, साउन १५, २०८३

चर्कियो ओली-दाहाल जुहारी, गाडी खरिदमा ५७ लाख घोटाला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं-  राजधानीबाट शनिबार प्रकाशित पत्रपत्रिकामा विभिन्‍न विषयलाई प्राथमिकता दिएर समाचारहरु छापेको छ। नेपाल समयको बिहानी अपडेटमा अखबारले छापेका मुख्य समाचारहरु र रातभरी भएगरेका घटना तथा गतिविधिहरुलाई यहाँ प्रस्तुत गरिएको छ। 

नेकपामा चर्कंदै दाहाल- ओलीबीच जुहारी शिर्षकमा नागरिक दैनिकमा खबर छ। 

भेनेजुएलाको आन्तरिक राजनीतिमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुुष्पकमल दाहालले कडा आलोचनासहितको वक्तव्य जारी गरेपछि त्यसलाई लिएर पार्टीमा मतभेद उत्पन्न भएको छ। भेनेजुएला प्रकरणमा नेकपाका दुई अध्यक्ष दाहाल र केपी शर्मा ओलीबीच दोहोरी चलिरहेको छ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले बुधबार ‘जनतासँग प्रधानमन्त्री’ नामक टेलिभिजन कार्यक्रममा दाहालको वक्तव्यलाई ‘टङ स्लिप’ को रुपमा अथ्र्याएका थिए। त्यसको प्रतिक्रियास्वरुप अध्यक्ष दाहालले बिहीबार चितवनमा सञ्चारकर्मीसँग ‘भेनेजुएला प्रकरणमा आफूले जारी गरेको वक्तव्यलाई पार्टी सचिवालयले आधिकारिक भनिसकेको अवस्थामा एउटा व्यक्तिले के भन्छ भन्ने कुराको अर्थ नहुने’ बताएका थिए।

आजको अन्‍नपूर्ण पोस्टमा 'अब जग्गा ९ थरी' शिर्षकमा समाचार छापिएको छ। अब जग्गाको वर्गीकरण नयाँ तरिकाले हुने भएको छ। प्रस्तावित भूउपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा जमिनलाई नौ भागमा वर्गीकरण गरिएको छ।

कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यवसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी, खोला, ताल क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र र सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्रका रूपमा जमिन विभाजन गरिएको छ। यसबाहेक सरकारले आवश्यकताअनुसार अन्य क्षेत्रका रुपमा पनि जमिनको वर्गीकरण गर्न सक्नेछ। यसअघि जमिन अब्बल, दोयम, सीम र चाहार गरी चार प्रकारको हुने प्रचलन थियो।

आजको कान्तिपुर र नागरिक दैनिकमा प्रदेश ५ गाडी खरिद प्रकरणमा ५७ लाख भ्रष्टाचार भएको लेखा समितिको ठहर गरेको समाचार प्रकाशित गरेका छन्। प्रदेश ५ को प्रदेशसभा र विभिन्न मन्त्रालयका चारपाङ्ग्रे सवारी साधन खरिदमा झन्डै ५७ लाख रुपैयाँ अनियमितता भएको सार्वजनिक लेखा समितिले ठहर गरेको छ । समितिको शुक्रबार बसेको बैठकले उक्त रकम प्रदेश सरकारको सञ्चित कोषमा जम्मा गर्न निर्देशन दिएको छ । सचिवालयमा मात्र ३७ लाख रुपैयाँ नोक्सानी भएको समितिको ठहर छ। 

तर कम्पनीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले भन्सार, यातायात खर्च, बिमा, सडक करसमेत गरी प्रतिगाडी ५५ लाख ७८ हजार ६ सय ६२ रुपैयाँमा खरिद गरेको समितिको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

आजको राजधानी दैनिकमा मन्त्रीका सुन चाँदी : रबीन्द्र अधिकारीसंग ६० तोला गिरीराजमणी पोखरेलको सून्य शिर्षकमा समाचार छापेको छ। 

सुनको मुल्य अहिले आकासिएको छ। शुक्रवार सुनको मुल्य प्रतितोल ६१ हजार ९९९ रहेको छ भने चाँदीको मूल्य पनि प्रतितोला ७ सय ७५ रहेको छ। चुनचाँदी ब्यवसायीका अनुसार प्रतिदिन २० किलो सुन खरीद बिक्री हुने गरेको छ। सूनको मूल्य बढेको बेला हाम्रा मन्त्रीहरु को संग कति सुन छ भनेर नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणवाट सूची संकलन गरेका छौं। हेरौं को संग कति सुन रहेछ।

पर्यटनमन्त्री रबिन्द्र अधिकारी सुनका सौखिन मानिन्छन्। नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख भए अनुसार पर्यटनमन्त्री अधिकारीसंग ६० तोला सुन छ भने, चाँदी ३० केजी छ। यी सबै पैत्रिक सम्पत्ति भएको उल्लेख छ।

नयाँ पत्रिका दैनिकमा नेकपा कार्यदलले थप समय माग गर्दै प्रतिवेदन बुझाउने, समय दिइए यथाशीघ्र एकीकरणको काम गरिेने कार्यदलको माग शिर्षकमा समाचार छापेको छ। 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण कार्यदलले स्थायी समितिको कार्यादेशअनुसारको कार्यसूचीमा छलफल बाँकी रहेकाले थप समय माग गर्दै प्रतिवेदन बुझाउने भएको छ। गृह मन्त्रालयमा शुक्रबार बसेको कार्यदल बैठकले अहिलेसम्मको कार्यप्रगति समेटेर बाँकी कार्यसूचीमा छलफल अघि बढाउन समय माग गर्ने गरी प्रतिवेदन बुझाउने निर्णय गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।