शुक्रबार, साउन १५, २०८३

धनगढी स्टार्सले गर्यो विदेशी खेलाडी फेरबदल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- धनगडी प्रिमियर लिग (डिपिएल)को घरेलु टोली धनगढी स्टार्सले विदेशी खेलाडीमा फेरबदल गरेको बताएको छ । यसअघि भारत मुम्बईका प्रथम श्रेणी क्रिकेटर सागर त्रिबेदीलाई अनुबन्ध गरेको जनाएको स्टार्सले खेलको पूर्वसन्धामा आएर युएईका आमिर हायातलाई अनुबन्ध गरेको स्टार्सका कप्तान सोमपाल कामीले बताए । 

त्रिबेदीलाई भारतकै क्लबबाट अनुमती नदिएका कारण उनी स्टार्समा उपस्थित हुन नसकेको कप्तान कामीले बताए । त्रिबेदी अलराउण्डरको भूमिका निभाउने खेलाडी थिए । त्रिबेदीको स्थानमा अनुबन्धित गरेका आमिर हायात खास गरी बलिंगको कारण चिनिने गर्दछन् । 

तर, उनी ब्याटिङमा पनि उत्तिकै अब्बल छन् । हायातसँग ९ एकदिवसीय र ४ टि-२० अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छ । उनले भरखरै मात्र नेपालविरुद्दको तीन एकदिवसीय र तीन टी-२० अन्तर्राष्ट्रिय खेलेका थिए । सुरुवाती २ एकदिवसीय खेलमा ६० रन खर्चेर ६ विकेट लिएका थिए भने अन्तिम खेलमा विकेट लिन नसक्दा ५१ रन दिएका थिए ।

त्यस्तै सुरुवाती टि-२० खेलमा १ विकेट लिन ३४ रन खर्चिंदा दोश्रो खेलमा समान १ विकेट लिन २७ रन दिएका थिए । निर्णायक तथा अन्तिम खेलमा मात्र १६ रन खर्चेर २ विकेट लिएका थिए । यस्तै अर्का खेलाडीका रुपमा युएईकै रोहन मुस्तफालाई अनुबन्धित गरेको छ । मुस्तफाले नेपालसँगको एकदिवसीय र टी-२० सिरिज प्रतिबन्धका कारण गुमाएका थिए ।

धनगढीको टोलीमा सोमपाल कामीसंगै पवन सर्राफ, दिपेश श्रेष्ठ, सौरभ खनाल, बिपिन खत्री, हरि बहादुर चौहान, अमित श्रेष्ठ, राजु रिजाल, रोबिन क्षेत्री, सुनील धमला, सन्दिप रजाली, धिरज शाही र कृष्ण ऐर रहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।