काठमाडौं- विश्वमै प्रख्यात पदमार्ग अन्नपूर्ण सर्किटभित्रको एक हो, मार्दी हिमाल बेसक्याम्प रुट। हिउँले सजिएको मार्दी हिमालका दृश्यहरु निकै मनमोहक देखिन्छन्।
यो ट्रेकिङ रुटबाट अन्नपूर्ण रेञ्ज, धौलागिरी, माछापुच्छ्रे, मनास्लुलगायत हिमाल देखिन्छन्। साथै, हरियाली जंगल तथा स्थानीय बस्तीहरु समेत अवलोकन गर्न पाइन्छ । यो करिब एक हप्तामा सम्पन्न हुने ट्रेकिङ रुट हो। अहिले यो रुटमा पर्यटक बढिरहेका छन्।
कास्कीको काँडेबाट यो ट्रेकिङ रुट सुरु हुन्छ। काँडेबाट अष्ट्रेलियन क्याम्प, पोथाना हुँदै पितम देउराली पुगिन्छ र त्यसपछि फरेष्ट क्याम्प। फरेष्ट क्याम्पबाट लो क्याम्पतर्फ लागिन्छ। बतासे डाँडा हुँदै त्यसैदिन हाइक्याम्प पुगिन्छ। यो ट्रेकिङ रुटको अन्तिम होटल पनि हाइक्याम्पमा छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...