शुक्रबार, साउन १५, २०८३

डिपिएलको ट्रफी सार्वजनिक 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- शनिबारबाट सुरु हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)को ट्रफी शुक्रबार सार्वजनिक गरिएको छ।  शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै ट्रफी र प्रतियोगिताको मोष्ट भेल्युवल प्लेयरलाई प्रदान गरिने गोल्डस्टार सुनको जुत्ता सार्वजनिक गरिएको हो । 

ट्रफी सार्वजनिक कार्यक्रममा सहभागी छ वटै टोलीका कप्तानहरुले आ आफ्नो टोली ट्रफीको दावेदार भएको दावी गरे । सिवाईसी अन्तरियाका कप्तान दिपेन्द्र सिंह ऐरीले आफ्नो टोलीमा राष्ट्रिय टोलीमा सहभागी तथा युवा खेलाडी भएकाले प्रतियोगितामा राम्रो रिजल्ट आाउनेमा आसाबादी रहेका बताए । 

त्यस्तै भरेलु टोली धनगढी स्टारका कप्तान सोमपाल कामीले दुबै संस्करणको विजता टोली भएकाले यस बर्षपनि केही चुनौती थपिएको बताए । अन्य टिमपनि उत्तिकै राम्रा भएकालागि यसबर्ष ट्रफी जोगाउन चुनौती रहेको बताए । 

डिपिएलको विजेता टोलीले ३० लाख पाउने भएको छ। गत बर्षको विजेता राशीबाट बीस प्रतिशत बढाउँदै यसबर्ष ३० खाल पुर्‍याइएको आयोजक धनगढी क्रिकेट एकेडेमीले प्रेस रिलिज मार्फत जानकारी दिएको हो। त्यस्तै उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउँनेछन्। 

प्रत्येक खेलका म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको प्रेस रिलिजमा जानकरी दिईएको छ। मैदानमा ५ वटा पीच निर्माण गरिएको छ। 

तियोगिताका लागि ५ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिसकिएको छ । दर्शकहरुका लागि टिकटदर लिग चरणमा ५०, प्ले-अफमा ७० र फाइनलमा १०० तोकिएको छ। 

टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला अन्तर्रा्ष्ट्रिय निर्माण अभियान (ड्रिम फाप्ला) लाई छुट्याइने तथा ४० प्रतिशत रकम सहभागी टिमलाई प्रदान गरिनेछ । दर्शकको सुविधालाई मध्यनजर राख्दै सुदूरपश्चिम यातायात व्यवसायी संघ, कर्णाली रिभर यातायात संघ र धनगढी उपमहानगरपालिकाको सहयोगमा दैनिक क्याम्पस रोडदेखि फाप्ला क्रिकेट मैदानसम्म निशुल्क बस सेवाको व्यवस्था गरिएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।