शुक्रबार, साउन १५, २०८३

प्रहरीलाई सय रुपैयाँ घुस दिन खोज्न दुई जना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने दुईजना ड्राइभर पक्राउ परेका छन्। 

काठमाडौं महानगरपालिका–२७ असनस्थित महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले बा.४ ख १७६ नम्बरको मिनी टिपर जाँच गर्ने क्रममा कागजपत्र नभएको भन्दै घुस दिन खोज्ने ललितपुर लेले बस्ने २० वर्षीय प्रचण्ड रामजाली मगरलाई पक्राउ गरेको हो। उनी बुधबार राति पक्राउ परेका हुन्। 

यसैगरी  बुधबार राति नै काठमाडौं महानगरपालिका–१४ कलंकी ढुंगेअड्डामा प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने धादिङ थाक्रे गाउँपालिका–२ बस्ने ३५ वर्षीय केदार मल्ल पनि पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.५ ख ६०८४ नम्बरको टिपर जाँच गर्ने क्रममा उनले कागजपत्र नभएको भन्दै घुस दिन खोजेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।