शुक्रबार, साउन १५, २०८३

किन हटाइँदैछ सशस्त्रबाट देवीदेवताको नाम?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सशस्त्र प्रहरीले मातहतका बाहिनी गण गुल्मको नाम परिवर्तन गरेको छ। सांस्कृतिक र धार्मिक महत्त्वसँग जोडिएका बाहिनी गण तथा गुल्मको नाम एकाएक परिवर्तन गरी अंकमा रूपान्तरण गरिएको विषयले संगठनभित्र र बाहिर सशस्त्रको कडा अलोचना भइरहेको छ।

सशस्त्र प्रहरीको संगठन पुनर्संरचनाका नाममा बाह्य शक्तिको दबाबमा देवीदेवताको नाम मेटाउने काम गरिएको सशस्त्र प्रहरी उच्च स्रोतले दाबी छ। गृहमन्त्री रामबहादुर थापा र नेकपामा मिसिएका परिवार दलका नेता एकनाथ ढकालले क्रिस्चियन धर्म प्रचारकको दबाबमा आर्थिक चलखेल गरी उक्त निर्णय गरेको उच्च स्रोतले दाबी गर्‍यो।

गत  साउनमा गरिएको निर्णय सशस्त्र प्रहरीले गोप्य राखेको थियो। धार्मिक र सांस्कृतिक महत्त्वको मौलिक नाम खारेज गरेको निर्णय सार्वजनिक हुँदा नकारात्मक प्रतिक्रिया आउन सक्ने डरले गोप्य राखिएको सशस्त्र प्रहरी सोतले बतायो।

सशस्त्रका बाहिनी, गण गुल्मको नाम परिवर्तन गर्ने प्रस्ताव गृहमन्त्री थापाले  २०७५ जेठ २७ गते को मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि सशस्त्र प्रहरी मुख्यालयले गत साउनमा मातहतका गुल्म, बाहिनी तथा गणहरूलाई नाम परिवर्तन गर्न आन्तरिक परिपत्र गरेको थियो।

त्यसअघि संगठन पुनर्संरचनाका लागि महानिरीक्षक शैलेन्द्र खनालको मातहतमा आन्तरिक कमिटी बनाइएको थियो। कमिटीलाई गृहमन्त्री थापाले देवीदेवताका नाममा रहेका बाहिनी, गण गुल्मको नाम परिवर्तन गरी अंकमा राख्न दबाब दिएका थिए।

नयाँ नामअनुसार बराह बाहिनी सुनसरी १ नम्बर, रुद्र बाहिनी पथलैया २ नम्बर, मुक्तिनाथ बाहिनी पोखरा ३ नम्बर, महेश्वरी बाहिनी सुर्खेत ४ नम्बर, वैजनाथ बाहिनी कैलाली ५ नम्बर छन। यसैगरी गणमा पूर्वदेखि सुदूरपश्चिमसम्म फैलिएर रहेका पाथीभरा गण झापा, दन्तकाली सिरहा, सिद्धकाली सुनसरी, छिन्नमस्ता बर्दिबास, भद्रकाली बारा, गढीमाई चितवन, गुह्येश्वरी काठमाडौं, नीलबाराही काठमाडौं, भद्रकाली काठमाडौं, बगलामुखी काठमाडौं, विन्ध्यवासिनी चन्द्रौटा, कालिका पोखरा, चण्डिका पर्वत, मनकामना तनहुँ, बागेश्वरी बाँके, ज्वालामाई दाङ, त्रिपुरासुन्दरी कोहलपुर, बडिमालिका कैलाली र शैलेश्वरी कञ्चनपुरको नाम पनि अंकमै राखिएको छ।

पुनर्संरचनापछि सशस्त्र प्रहरीको उपस्थिति ७७ जिल्लामै पुग्ने र दरबन्दी संख्यामा पनि एकरूपता आउने सशस्त्र मुख्यालयले जनाएको छ। यसअघि सशस्त्रका कुनै पनि प्रहरीलाई व्यक्तिगत रूपमा सरुवा गरिन्थ्यो। अब भने बाहिनी र गण गुल्मको सिंगो युनिट नै सरुवा हुनेछ।

काठमाडौंमा युनिभर्सल पिस फेडेरेसनको एसिया प्यासिफिक सम्मेलन हुनुभन्दा केही अगाडि मात्र नाम परिवर्तन गर्नुमा बाह्य शक्तिको दबाब रहेको दाबी उच्च स्रोतले गरेको छ।

२०५७ सालमा सरकारले सशस्त्र प्रहरी संगठन तत्कालीन माओवादी विद्रोह नियन्त्रण गर्ने उद्देश्यका साथ स्थापना गरिएको थियो। तत्कालीन माओवादी र एमाले एकीकरणपछि बनेको सरकार गठनसँगै सशस्त्र प्रहरीको पुनर्संरचना सुरु गरेको हो।

सशस्त्र प्रहरीले जनशक्ति र नाममा एकरुपता ल्याउन नाम परिवर्तन गरिएको दाबी गरेको छ। सश्स्त्र प्रहरी बलका प्रवक्ता डिआजी सुरज श्रेष्ठले पुनर्संरचनाअनुसार सशस्त्र प्रहरीमा जनशक्ति हेरफेर गर्न सजिलो हुने  र संगठनमा एकरूपता ल्याउनका लागि नाम परिवर्तन गरिएको नेपाल समयसँग बताए।

सशस्त्र प्रहरी बल नेपालका पूर्व महानिरीक्षक सनतकुमार बस्नेतले संगठन पुनर्संरचनाको तयारी पहिल्यै भएको र अहिले निर्णय भएको जानकारी दिए। उनले भने, ‘यस्तो अर्धसैनिक बल कुनै पनि बेला एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्नुपर्छ। त्यस्तो अवस्थामा नामभन्दा अंक नै उपयुक्त हुने भएकाले यस्तो निर्णय गरिएको हुन सक्छ।’

सुरक्षा मामिला विज्ञ गेजा शर्मा वाग्लेले सशस्त्र प्रहरीको पुनर्संरचना स्वाभाविक भए पनि नामै भने हटाउन उपयुक्त नहुने बताए।

सशस्त्र प्रहरी बलमा सवा दुई सय युनिट छन्। जसमा ८ बाहिनी, ३६ गण र ७३ गुल्म छन्। त्यस्तै ९२ वटा बोर्डर आउट पोस्ट छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।